Wednesday, December 2सुदुर मिडिया द्वारा संचालित
Shadow

देरादुनकाे शाक्य कलेजमा नेपाली शिक्षक मृ’त भेटिए

काठमाडौं, २२ कात्तिक । भारत देहरादूनस्थित शाक्य एकडेमीको परिसरमा नेपालका शिक्षक मृ’त अवस्थामा भेटिएका छन् । मृ’त भेटिएका शिक्षक मुस्ताङ जिल्लाको लो घेकर दामोदरकुण्ड गाउँपालिका वडा नम्बर ४ का पेमा थुप्तेन गुरुङ र पालामु गुरुङको जेठा छोरा भएको बताइएको छ । सानै उमेरबाट भारतमा रहेका छोरोको मृ’त्यु भएको खबर आएको मृ’तकका बुबा पेमा थुप्तेनले बताए ।

आफ्नो २८ बर्षको छोरा नवा लाक्पा गुरूङको मृ’त्यु भएको काठमाडौंमा रहेका सालाेले आफूलाई सुनाएको बताए । बुबा पेमा थुप्तेनलाई छोराको मृ’त्यु बारे केही थाहा छ भनेर सोध्दा सालाले आफूलाई मृ’त्यु भएको खबर दिएको बाहेक केही थाहा नभएको बताए । बरु उनले आफू खेतमा काम गरिरहेकोले वडा अध्यक्षसँग सम्पर्क गरेर बुझिदिन आग्रह गरे ।

वडा अध्यक्ष छिरिङ गुरुङले नवा लाक्पाले आ’त्महत्या गरेको खबर आएपछि उनको बुबा आमाले टाढा भएका कारण श’ब लिन जान नसकिने भएकाले वडा मार्फत उतै अन्त्येष्टि गर्न आफन्तलाई सिफासिर गरिसकेको बताए । त्यस्तै लो घेकर दामोदरकुण्ड गाउँपालिका उपाध्यक्ष ढोका गुरुङले विद्यार्थीले भनेको नमानेको कारण उनले आ’त्महत्या गरेको सुन्नमा आएको बताए ।

यसअघि सोही शाक्य एकेडेमीमा अध्यायनरत नेपाली विद्यार्थीहरु कुटीएको खबर आएको थियो । कुटिएका ३९ नेपाली विद्यार्थी बिहीबार काठमाडौं फर्किसकेका छन् । न्युज 24