Wednesday, December 2सुदुर मिडिया द्वारा संचालित
Shadow

प्रधान मन्त्रि ओेलिकाे जवाफ – म बैठक बाेलाउंदिन

काठमाडौं, २२ कात्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्र बढेको तिक्तता झनै बढ्ने सम्भावना देखिएको छ ।

सचिवालय बैठक बोलाउनु पर्ने लिखित मागसहित शनिबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार पुगेका सचिवालयका वहुमत सदस्यहरु र अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबीच झनै तिक्ततापूर्ण संवाद भएपछि नेकपामा बढ्दो संकट अझै गहिरिने सम्भावना देखिएको हो ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल , उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसंगको टोलीसंग अध्यक्ष ओलीको भनाभन नै भएको बताइएको छ ।

वालुवाटार पुगेका सचिवालय सदस्यहरुले स्थायी कमिटी निर्णय कार्यान्वयन, कोभिड १९ को अवस्था एवं प्रभाव, राष्ट्रियताको विषय, संघीयताका मुद्दामा छलफल गर्नु पर्ने माग गर्दै अध्यक्ष ओलीलाई लिखित पत्र बुझाएका थिए ।

तर ओलीले गुटबन्दी गर्नेहरुसंग बसेर बैठक गर्न आफूले आवश्यक नदेखेको भन्दै ठाडो जवाफ दिनुभएको बताइएको छ ।

पत्र बुझाउन वालुवाटार पुगेका सचिवालय सदस्यहरुले धुम्बाराहीस्थित पार्टी कार्यालयमा अनौपचारिक बैठक गरेर लिखित पत्र तयार गरी वालुवाटार पुगेको बताइएको छ ।