बैठक राख्न माग गर्दै प्रचण्ड सहितकाा सचिवालय सदस्य बालुवाटारमा

काठमाडौँ, २२ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित सदस्यहरू बालुवाटार पुगेका छन्। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सचिवालय बैठक डाक्न अनुरोधसहितकाे पत्र बाेकेर नेकपाका सचिवालयका सदस्यहरू बालुवाटार पुगेका हुन् ।

शनिबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी अनौपचारिक बैठकपछि उनीहरु बालुवाटार पुगेका हुन् ।

पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई सचिवालय बैठकका लागि मनाउन लिखित पत्रसहित भेट्न पुगेका बताइएकाे छ । शुक्रबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा बसेको अनौपचारिक बैठकपछि सचिवालयका बहुमत सदस्यहरु बालुवाटार पुगेको स्रोतले बताएको छ। ।

शुक्रबार र शनिबार पार्टी कार्यालयमा बसेको अनौपचारिक बैठकमा सचिवालयका ९ मध्ये ५ सदस्यको उपस्थित थियो । तर अध्यक्ष ओलीसहित सचिवालय सदस्य ईश्वर पोखरेल, रामबहादुर थापा र महासचिव विष्णु पौडेल भने सहभागी थिएनन् ।

प्रतिक्रिया

job vacancy

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal