Monday, November 30सुदुर मिडिया द्वारा संचालित
Shadow

सडक बिस्तारमा लाग्याे वडा नं ४

बर्दिया २२ कार्तिक । बिकासकाे लागि जनताकाे सहभागिता हाम्राे प्रतिबद्वता भन्ने नारानै बनाएर यति बेला गुलरिया नगरपालिका ४ नं वडा कार्यालय बिकसमा सक्रिय भएर लागेकाे छ । गुलरिया नगरपालिकाकाे १२ वढा मध्य क्षेत्रफलका हिसावले पनि ४ नं वडा कार्यालय ठुलाे मानिन्छ । यस बर्ष देखि वडाकाे बिकासमा सक्रिय देखिएकाे ४ नं वडाले वडामा भएका सडकहरूकाे पुन्निर्माण र नया सडक खाेल्ने कामलाई तिब्रता दिएकाे छ ।

वडा कार्यालयले गुलरिया नगरपालिकाकाे तुल्सिपुर, टेपरा, संगमटाेल लगायतमा सडक निर्माणका साथै पुराना सडककाे स्तराेन्नति गरि रहेकाे वडा नं ४ का वडा अध्यक्ष राम बहादर रावलले बताउनु भयाे । उहाले भन्नु भयाे स्थानिय सरकारकाे प्राथमिकतामा परेका सडकहरूलाई र जनता आवश्यक्ता अनुरूपका सडकहरूलाई मर्मत गर्ने र नया सडक निर्माण गर्ने गरि काम शुरू गरेका छाै ।

बेचेपुर बगहि कृषि सडक, टेपरा बदलुपुर, तुल्सिपुर थापाटाेल कृषि सडक, संगमटाेल, टेपरा, पणडितपुर लगायतका २० वटा सडक निर्माण शुरू गरिएकाे सडक निर्माण उपभाेक्ता समितिका अध्यक्ष शंकर घिमिरेले बताउनु भयाे ।