Friday, December 4सुदुर मिडिया द्वारा संचालित
Shadow

भु-जलाधार समिति गठन गरि क्षतिपुर्ति दिन माग

मुरलि गाेडिया २२ कार्तिक बर्दिया जिल्लामा भु–जलाधार संरक्षण समिती गठन गरि पिडितहरुको न्याय दिलाउन ज्ञापन पत्र बुझाइएको छ । जिल्लका विभिन्न क्षेत्रमा गरि पटक पटक बाढी तथा अन्य देवी प्रकोपका कारणले नागरिकहरुको जग्गा जमिन क्षेतिग्रत भएको छ । जिल्लामा जलाधार संरक्षण समिती गठन गरि पिडितहरुलाई उक्त जग्गा जमिनको क्षेतिपुर्ति तथा मुआब्जा पाउन प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाईको हो । जिल्लामा भु–जलाधार संरक्षण समिती गठन गरि पिडितहरुलाई न्याय दिलाउन प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीलाई बाढी पिडित सरोकार समिती बर्दियाले ज्ञापन पत्र बुझाएको समितीका अध्यक्ष शेर बहादुर खड्काले जानकारी दिनु भयो । जिल्ला प्रशासन कार्यलय अन्र्तगतको स्थानिय दैवि प्रकोप उद्धार समितीले पनि हाल सम्म समास्यालाई गम्भिर रुपमा लिएर समाधान दिन नसकेको ज्ञापन पत्रमा जनाइएको छ । ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले विगतको अभ्यासलाई मध्यनजर गर्दै हालको संरचना अनुसार कार्य अगाडी बढाइने बताउनु भएको छ । आफना समास्या लिई बर्दिया प्रशासन पुगेका बाढी पिडित सरोकार समितीलाई भु–जलाधार संरक्षण समिती गठन सम्बन्धमा अवश्यक प्रक्रिया बुझी जानकारी गराईने प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताउनु भयो ।