Friday, December 4सुदुर मिडिया द्वारा संचालित
Shadow

शनिबार कालबेला दुई पटक

आजको पञ्चांग
आज मिति २०७७ कात्तिक २२ गते शनिबार, इस्वीसंवत नभेम्वर ७ तारिख सन् २०२०, श्रीशाके १९४२, नेपाल संवत् ११४०, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार कात्तिक कृष्ण पक्ष चलिरहेको छ ।

सौरमान अनुसार आज कात्तिक कृष्णपक्षको सप्तमी तिथि रहनेछ । आज तिष्य नक्षत्र, विष्कुम्भादि योगमा शुभ, करणमा भद्रा, आनन्दादि योगमा मित्र रहनेछ ।

सूर्य तुला राशिमा, चन्द्रमा कर्कट राशिमा रहनेछ । आज दिनमान २७ घटि १५ पला अर्थात १० घण्टा ५७ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ बजेर २० मिनेटमा यम मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ बजेर १४ मिनेटमा हुनेछ ।

आजको राशिफल
मेषः आज समय खराब रहनेछ । व्यापार व्यावसायमा नाफा कमाउन निकै संघर्ष गर्नुपर्ला । आफन्तहरु तपाईसँग टाडिनेछन् । पति पत्नी बीच मनमुटाव बढ्नेछ । मानसम्मान तथा ईज्जत प्रतिष्ठामा आँच आउन सक्छ, कामगर्दा सावधानी अपनाउनु होला । सोचेका तथा गरेका कामहरु समयमा सम्पन्न नहुँदा मानसिक तनाव बढ्नेछ । प्रेममा धोका हुन सक्छ भने विद्यामा प्रगति गर्न निकै मेहनेत गर्नुपर्नेछ ।

मेष राशिका लागि शुभअंक १ र ११, शुभरंग रातो, स्वामी राशि मंगल ग्रह, मित्र राशि मिथुन र कुम्भ, धारण गर्ने रत्न मुगा हो । मेष राशि भएका व्यक्तिहरूले प्रत्येक मंगलबार गणेश भगवानको पूजा र सूर्य देवको आराधना गरी लक्ष्मीनारायणलाई गुलियो खिर अर्पण गरेमा राम्रो हुनेछ भने कामहरू समयमा नै सम्पन्न हुनेछन् । मेष राशिवालाले कर्कट, सिंह, वृश्चिक, धनु र मीन राशिवाला व्यक्तिसँग व्यवसाय गर्दा लाभ होला । मेष राशिका व्यक्तिलाई मंगलबार शुभ र आइतबार अशुभ हुन्छ ।

वृषः आज समय अत्यन्तै शुभ छ । शुभचिन्तक तथा आफन्तको सुझावलाई मनन गरी काम गर्दा गन्तब्य पहिल्याउन सहज हुनेछ । साझेदारहरु मिलेर गरिने कुनै पनि व्यापार व्यावसाय फस्टाएर जानेछ भने मनग्य पैसा कमाउन सकिनेछ । भौतिक सम्पति तथा विलासी वस्तुको प्रयोगमार्फत आम्दानी गर्न सकिनेछ । माया प्रेममा एक अर्काबीच नजिक हुने समय रहेकोछ भने जीवन साथीको सहयोगले राम्रा कामहरु गर्न सकिनेछ । समय शुभ रहेकाले भरपुर उपयोग गर्नुहोला ।

वृष राशिका लागि शुभअंक ४ र १२, शुभरंग नीलो, स्वामीराशि शुक्र ग्रह, मित्र राशि कर्कट र मीन, धारण गर्ने रत्न हीरा हो । वृष राशि भएका व्यक्तिहरूले प्रत्येक सोमवार दान–पुण्य गर्नाले मानसिक शान्ति मिल्नेछ । साथै हरेक दिन गाईलाई रोटी र परेवालाई चारो दिनुहोस् र प्रत्येक बिहान भगवान शिवको दर्शन गरी शुक्रवार शिवलिंगमा साबुदाना अर्पण गर्दा निकै राम्रो हुनेछ । यस राशिका व्यक्तिलाई शुक्रबार शुभ, शनिबार अशुभ हुन्छ ।

मिथुनः आज समय राम्रो छैन । अस्वभाविक खर्च बढ्ने हुँदा मन चिन्तित रहनेछ । शारीरिक कष्ट तथा आँखामा समस्या देखिन सक्छ । मान सम्मान तथा ईज्जत प्रतिष्ठा गुम्ने खतरा रहेको छ सजक रहनुहोला । व्यापार व्यावसायमा नाफा कमाउन निकै नै संघर्ष गर्नुपर्नेछ । वैदेशिक क्षेत्रसंग सम्बन्धित व्यावसाय पनि तनाव बढ्नेछ । विद्यामा सोचेजस्तो प्रगति गर्न निकै समय कुर्नुपर्नेछ । आफन्त तथा परिवारजन तपाईदेखि टाढिन सक्छन् ।

मिथुन राशिका लागि शुभअंक १ र ५, शुभरंग हरियो र खैरो, स्वामी राशि बुध ग्रह, मित्र राशि मेष र सिंह, धारण गर्ने रत्न पन्ना हो । मिथुन राशि भएका व्यक्तिले प्रत्येक दिन आफ्नो इष्टदेवको दर्शन र पूजा, हनुमानजीको दर्शन गर्नाले ग्रहपीडा कम हुनेछ भने प्रत्येक दिन बिहानै देवी लक्ष्मी वा दुर्गाको दर्शन गरी गणेशलाई रातो फूल अर्पण गर्दा तपाइँको मनोकांक्षा पूर्ण हुनेछ । मिथुन राशिका लागि बुधबार शुभ र सोमबार अशुभ हुन्छ ।

कर्कटः आज समय महत्वपूर्ण छ । लाभका अवसर प्राप्त हुनेछन् उपयोग गर्नुहोला । आफन्तजन तथा दाजुभाइबाट प्रशस्त सहयोग पाइएला । माया प्रेममा सामिप्यता बढेर जानेछ । व्यापार व्यावसायबाट मनग्य आम्दानी हुनेछ । हाइड्रो, पानी जस्ता उद्योग व्यावसायमा लगानी गर्दा उचित प्रतिफल पाइनेछ । सवारी साधन प्राप्तिको गतिलो सम्भावना रहेको छ । परिवार तथा सन्तानको प्रगतीमा मन प्रशन्न हुनेछ । विद्यामा तपाइँले गरेको मेहनेत खेर जाने छैन ।

कर्कट राशिका लागि शुभअंक २ र ६, शुभरंग सेतो, स्वामीराशि चन्द्रमा ग्रह, मित्र राशि वृष र कन्या, धारण गर्ने रत्न मोती हो । कर्कट राशि भएकाहरूले सोमवार शिवालयमा विशेष पूजा गरेर सोमवारकै दिन शाकाहारी रहनु भयो राम्रो हुनेछ । यस्तै हरेक बिहान भगवान कृष्णको दर्शन गरी तुलसी, मिश्री र मख्खनको भोग लगाएमा राम्रो हुनेछ । कर्कट राशिका लागि सोमबार शुभ र बुधबार अशुभ हुने गर्दछ ।

सिंहः आज समय ज्यादा खराब छ । माया प्रेम तथा पति पत्नीबीच मनमुटाव बढ्नेछ । विद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परेको महसूस हुनेछ । धनमाल हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । व्यापार व्यावसायमा नाफा कमाउन बढी नै संघर्ष गर्नुपर्नेछ । दिदीबहीनीसँग मनमुटाव बढ्नेछ भने समयमा काम नसकिने हुँदा मानसिक चिन्ता बढ्नेछ । सबै काम सतर्क भएर गर्नुपर्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ ।

सिंह राशिका लागि शुभअंक ३ र ७, शुभरंग गुलावी र हल्का रातो, स्वामीराशि सूर्य ग्रह, मित्र राशि मिथुन र तुला, धारण गर्ने रत्न माणिक्य हो । सिंह राशि भएकाहरूले बंगलामुखी देवीको पूजा, शनिबार विष्णुको पूजा गरेर पीपलमा जल चढाउँदा लाभ मिल्नेछ । हरेक दिन बिहान सूर्यनारायणको दर्शन गरी रातो गुलाफ हनुमानजीको चरणमा अर्पण गर्दा तपाइँको स्वास्थ्य राम्रो हुनेछ । सिंह राशि भएका व्यक्तिका लागि आइतबार शुभ र शनिबार घात हुन्छ ।

कन्याः आज समय शुभ छ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले मनग्य धन तथा धातु संग्रह गर्न सकिनेछ । पढाई लेखाईमा सफलता प्राप्त हुनेछ भने अध्ययनकै लागि राम्रो स्थानमा स्थानान्तरण हुने अधिक सम्भावना रहेकोछ । माया प्रेममा एक अर्काको भावना बुझ्न सकिने हुँदा एउटै बाटो हिंड्न सकिनेछ । भौतिक सम्पति जुट्नुको साथै विलासी