Friday, December 4सुदुर मिडिया द्वारा संचालित
Shadow

एक ब्यक्तिले चाहदैमा पार्टि फुट्दैन – माधव नेपाल

काठमाडौं, २२ कात्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता माधवकुमार नेपालले नेकपालाई कसैले फुटाउन नसक्ने दाबी गर्नुभएको छ । शुक्रबार (आज) पार्टी कार्यालय धुम्बाराहीमा भएको अनौपचारिक बैठकपछि बोल्दै उहाँले पार्टी विभाजन नहुने बताउनुभएको हो ।

उहाँले नेकपालाई कसैले फुटाउन नसक्ने बताउँदै नेकपा कमजोर जगमा सुरू भएको पार्टी नभएको बताउनुभएको छ । त्यस्तै, उहाँले कुनै एक व्यक्तिले चाहँदैमा पार्टी फुट्न नसक्ने बताउँदै सबैको अत्यन्त ठूलो त्याग र बलिदानपछि मात्रै पार्टी निर्माण गरिएको सुझाउनुभयो ।

सोही अवसरमा नेता नेपालले नेकपा कमजोर धरातल नभएको सुझाउँदै अनौपचारिक छलफलमा उपस्थित भएका सचिवालय सदस्यहरु पार्टी एकताका लागि एक भएका बताउनुभएको छ ।

त्यस्तै, उहाँले पार्टी फुटाउने सपना कसैले नदेख्नका लागि पनि चेतावनी दिनुभएको छ । कूल नौ सदस्यीय सचिवालय सदस्यमध्ये आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहालसहित वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता श्रेष्ठ सहभागी हुनुहुन्थ्यो ।

प्रधानमन्त्री ओली, महासचिव विष्णुप्रसाद पौडेल, सचिवालय सदस्यद्वय ईश्वर पोखरेल र रामबहादुर थापा भने बैठकमा सहभागी हुनुभएको थिएन ।