Wednesday, November 25सुदुर मिडिया द्वारा संचालित
Shadow

मुगु पठाईएकाे अनुदानकाे चामल बिचैमा गायव

मुगु, २१ कात्तिक । नेपाल सरकारबाट हिमाली जिल्ला मुगु आउर्ने अनुदानको खाद्यान्न सुर्खेतबाट पठाइए पनि स्थानीयकोमा नपुगी गायब भएको छ । आफूहरुले पाउनुपर्ने चामल बाटोबाटै गायब भएपछि स्थानीय बासिहरुले स्थानीय निकायमार्फत दोसीलाई कारवाही गर्न माग गरेका छन् ।

बिहीबार जिल्ला खाद्यान्न ब्यावस्थापन समिति मुगुको बैठक बसी मुगालिको नाममा आएको सरकारी अनुदानको खाद्यान्न मुगु पठाइएको थियो । तर ठेकेदारको कमजोरीले मुगु पठाएको खाद्यान्न उल्टै सुर्खेतबाटै मुगुभन्दा अर्कै तिर ढुवानी हुँदै गरेको शंकास्पद खाद्यान्न सुर्खेत प्रहरीले केही दिन पहिला नियन्त्रणमा लिएको थियो ।

उक्त चामल ट्रकबाट भक्तपुर लैजान लागिएको २ सय ५० क्वीन्टल चामल लिर्ने ठेकेदार कम्पनि र अन्य संलग्न याक्तिलाई कडा कारवाही गर्नको लागी खाद्यान्न सुरक्षा समिति मुगुले सरोकारवाला निकाायलाई कडा कारवाही गर्नको लागि निर्णयसहित माग गरेको खाद्यान्न समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निराैलाले बताउनुभएकाे छ ।

जिल्लाको उत्तरी भेग सोरु गाउँपालिकाको बिक्री केन्द्रका लागि आएको २ सय ५० क्विन्टल खाद्यान्न ठेकेदारको लापरबाहीका कारण सुर्खेतबाट काठमाडौ र भक्तपुरमा बिक्री बितरण गर्न लागिएको आशंकामा सुब्बाकुनाबाट सुर्खेत प्रहरीले ट्रक सहित चामल नियन्त्रणमा लिएको जानकारी दिएकाे प्रमुख जिल्ला अधिकारीले बताउनुभएको छ । साभार न्युज 24