Friday, December 4सुदुर मिडिया द्वारा संचालित
Shadow

प्रचण्डले बाेलायकाे सचिवालय बैठकमा ओली नजाने

काठमाडौं, २१ कार्तिक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयको आनौपचारिक बैठक बोलाउनुभएकाे छ । पछिल्लाे समय नेकपा शीर्ष नेताहरूबीचकाे विवाद उत्कर्षमा रहेका बेला अध्यक्ष प्रचण्डले उक्त  बैठक बाेलाउनुभएकाे हाे ।

तर नेकपाकै अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने बैठक बाेलाएकाे बारे अनविज्ञ रहेकाे बताइएकाे छ । प्रधानमन्त्री निकट स्राेतका अनुसार सचिवालय बैठक बाेलाइएकाे बारे ओली पक्षलाइ कुनै जानकारी छैन ।

प्रचण्डद्वारा आह्वान गरिएकाे बैठक शुक्रबार दिउँसो ३ बजे पार्टीकाे मुख्य कार्यालय धुम्बाराहीमा बस्नेछ ।  सचिवालय बैठक बोलाउनेबारे अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीसँग परामर्श गरेकाे भए पनि उहाँले चासाे नदिएकाे स्राेत बताउँछ । पछिल्लाे समय दुवै अध्यक्षबीच तिक्तता बढेपछि समस्याकाे समाधान सचिवालय बैठकमार्फत खाेज्नुपर्ने र बहुमतकाे निर्णय मान्नुपर्ने प्रचण्डले बताउँदै अाउनुभएकाे छ ।

तर बहुमतकाे निर्णय नमान्ने अडान लिइरहनुभएका अर्का अध्यक्ष एवं प्रधानमन्त्री  ओली प्रचण्डले बाेलाएकाे बैठकमा नजाने बताइएकाे छ ।