ए मेराे हजुर ३ युटुवमा
काठमाडाैं, २१ कात्तिक । अनमोल केसी र सुहाना थापाको जोडीको फिल्म ‘ए मेरो हजुर ३’ युट्युबमा रिलिज भएको छ। बिहीबार बुढासुब्बा डिजिटलको युट्युब च्यानलबाट अपलोड भएको यो फिल्म २४ घन्टा नबित्तै ट्रेन्डिङको शीर्षस्थानमा पुगिसकेको छ।
झरना थापाको निर्देशनमा तयार भएको यो फिल्म २२ घण्टामा १४ लाख ७४ हजार बढीले हेरेका छन् । दिपावलीको अवसर पारेर सार्वजनिक गरिएको यो फिल्मले युट्युब प्रयोगकर्ताबाट राम्रो प्रतिक्रिया समेत बटुलेको छ ।
फिल्ममा अनमोल केसीले एक सुपरस्टार गायकको भूमिका निर्वाह गरेका छन् भने सुहाना थापा फ्यानको भूमिकामा छिन् ।
युट्युब प्रयोगकर्ताले अनमोल र सुहानाको जोडी मन परेको प्रतिक्रिया दिएका छन् । हलमा पनि सुपरहिट भएको यो फिल्मले समीक्षकबाट भने राम्रो प्रतिक्रिया पाएको थिएन ।
यो समाचार तयार पार्दासम्म युट्युबमा ७ हजार ५ सयले कमेन्ट गरेका छन् भने १ लाखले लाइक गरेका छन् । त्यस्तै ४ हजार बढीले डिसलाइक गरेका छन् ।
सुनील कुमार थापाले निर्माण गरेको फिल्ममा अनमोल र सुहानाका अलावा सलोन बस्नेत, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम लगायतका कलाकारको अभिनय छ ।