Wednesday, November 25सुदुर मिडिया द्वारा संचालित
Shadow

नेकपाकाे गुटकाे राजनितिमा राष्ट्रपतिकाे सक्रियता अनावश्यक

काठमाडाैं, २१ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को गुटगत राजनीतिमा राष्ट्रपतिको सक्रियताप्रति नेकपा नेता भीम रावलले कडा टिप्पणी गर्नुभएकाे छ ।  नेकपाको गुटगत राजनीतिमा राष्ट्रपतिको सक्रियता देखिएको केही समाचारहरू सार्वजनिक भएका थिए ।

ट्विट गर्दै नेता रावलले नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिँदै सक्रिय हुनु भनेको राष्ट्रपति पदको मर्यादा उलंघन र स्थापित प्रणालीको अवज्ञा ठहरिने बताउनुभएकाे छ ।

हालै राष्ट्रपति भण्डारीले गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा बादल र पार्टी उपाध्यक्ष वामदेव गौतमलाई शीतल निवास बोलाएर नेकपाको विवाद समाधानमा भूमिका खेल्न आग्रह गर्नुभएकाे थियाे ।

‘नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिँदै राष्ट्रपति सक्रिय रहनुभएको समाचार आइरहेको छ,’ रावलले ट्विटमा लेख्नुभएकाे छ, ‘यदि यस्तो गरिएको हो भने यो राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लङ्घन, स्थापित प्रणालीको अवज्ञा र नेकपाको संस्थागत सञ्चालको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिने छ।’