समाचार

नेकपा बिवाद उत्सर्गमा – ओेलिद्वारा दाहाल नेपाल भेटलाई ठाडाे चुनाैति

काठमाडौं, २० कात्तिक । सत्तारुढ नेकपा भित्र बढ्दो विवादले चर्को रुप लिन थालेको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली पार्टी भित्रको विषयलाई लिएर पछिल्ला केही दिनमा आक्रमक देखिदा अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल भने रक्षात्मक नै देखिनु भएको छ ।
बुधबार अकस्मात प्रधानमन्त्री पदबाट राजीनामा नदिने अडान सार्वजनिक गर्नु भएका प्रधानमन्त्री ओलीले बिहीबार पार्टी भित्रको सन्दर्भमा ‘कोटेश्वरतिरको तानाबाना’ सफल हुन नदिने भन्दै अर्को निशाना साँध्नु भएको छ ।

बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठक बसेको समयमा उता पेरिसडाँडामा भने दाहाल र नेपालबीच भेटवार्ता भएको थियो । उक्त भेटवार्तालाई प्रधानमन्त्री ओलीले ‘कोटेश्वरतिरको तानाबाना’को संज्ञा दिनुभएको हो ।

प्रधानमन्त्री ओलीले बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठक राजनीतिक अभिव्यक्तिबाट सुरु गर्नुभएको थियो, जहाँ उहाँले ‘कोटेश्वरतिर अनेक तानावाना बुनिदैछ । तर, त्यो सफल हुन दिइने छैन’ भन्नुभयो ।

उहाँले सरकार असफल बनाउँदा पार्टी र देश दुवै बलियो नहुने बताउनुभएको थियो । प्रायः साँझको समयमा बस्ने गरेको मन्त्रिपरिषद् बैठक बिहीबार भने बिहानै बोलाइएको थियो । मन्त्रीहरुलाई समेत मन्त्रिपरिषद् बैठकबारे बिहान मात्र जानकारी दिइएको बताइएको छ ।

त्यसोत, अध्यक्षद्वय ओली र दाहालबीच बिहीबार बिहान १० बजे बैठक बस्ने तय भएको थियो तर, साढे ९ बजे अकस्मात जस्तै बोलाइएको मन्त्रिपरिषद् बैठक करिब १२ बजेसम्म चलेपछि अर्का अध्यक्ष दाहालसँगको भेटवार्ता केही घण्टा पछि सारिएको थियो ।
उक्त मन्त्रिरिषद् बैठक चलिइरहदा पेरिसडाडाँमा पनि अर्का अध्यक्ष दाहाल र बरिष्ठ नेता नेपालबीच भेटवार्ता चलिरहेको थियो । मन्त्रिरिषद् बैठक सकिएपछि प्रधानमन्त्रीनिवास बालुवाटारमा ओली र दाहालको भेट करिब एक घण्टा भएको थियो ।

 

तर, एक घण्टा लामो छलफलमा समेत अध्यक्षद्वय ओलीर दाहाल आ–आफ्नै अडानमा बसेपछि कुनै पनि निष्कर्ष ननिस्किएको बताइएको छ । सत्तारुढ नेकपा भित्र पन्पिदो विवाद बिहीबार घटेका घटनाहरुले थप पेचिलो बनाउने अवस्था देखिएको छ । न्युज २४ ले खवर प्रकासित गरेकाे छ ।

Related Articles

Back to top button