Wednesday, December 2सुदुर मिडिया द्वारा संचालित
Shadow

बार्ताकै लागि बालुवाटार छिर्दिन – प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको विवाद झनै बढेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका अध्यक्ष दाहालले अब वार्ताकै लागि भनेर वालुवाटार नआउने बताएका हुन् । ओलीसँगको छलफलपछि बाहिरिएका अध्यक्ष दाहालले अब बालुवाटारमा वार्ताका लागि धाउनुको औचित्य नभएको बताएका थिए ।

दाहालसँगको कुराकानीपछि एक नेताले बाह्रखरीसँग कुरा गर्दै भने, “उहाँले अब वार्ताका लागि बालुवाटार छिर्दिन भन्नुभएको छ ।” पार्टीभित्र देखिएको संकट निवारणका लागि पछिल्लो संवादहीनता तोड्दै ओली र प्रचण्ड छलफलमा बसेका थिए । तर कुनै निष्कर्ष निस्कन नसकेको एक नेताले जानकारी दिए ।

उनकाअनुसार भेटमा प्रचण्डले बुधबार ओली समूहले प्रदेश एकस्तरीय भर्चुअल बैठक राखेको विषयमा आपत्ति प्रकट गरेका थिए । आजको बैठकमा दाहालले सचिवालय बैठकको लागि आग्रह गरेको भए पनि ओलीले त्यसलाई अस्वीकार गरेका थिए । “बैठक राखौं । लागेका कुरा बैठकमै भन्नुहोला भनेर उहाँले आग्रह गर्नुभएको छ तर उहाँले कुनै जवाफ दिनुभएको छैन,” स्रोतको भनाइ छ । साभार पाथिभारा दैनिक