Friday, December 4सुदुर मिडिया द्वारा संचालित
Shadow

भारतिय पत्रकार गाेस्वामिलाई १४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतकाे आदेश

एजेन्सी, २० कार्तिक । भारतीय पत्रकार अर्नव गोस्वामीलाई १४ दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गरिने भएको छ । बुधबार मुम्बइ प्रहरीले भारतीय रिपब्लिक टिभीका प्रधान सम्पादक अर्नव गोस्वामीलाई घरबाटै पक्राउ गरी लगेको थियो ।

समाचार एजेन्सी एएनआइका अनुसार गिरफ्तारीका क्रममा आफ्नी पत्नी, छोरा र सासु–ससुरामाथि समेत पुलिसले हातपात गरेको गोस्वामीको आरोप छ ।

रिपब्लिक टीभीले अाफ्ना सम्पादक गोस्वामीलाई पहिले नै बन्द भइसकेको मुद्दाका अनाहक लागि गिरफ्तार गरिएको दाबी गरेकाे छ । जसकारण घटना विवादास्पद बन्न पुगेको हो । मन्त्रीहरू लगायत केही हाइ प्रोफाइल व्यक्तिहरुले अहिले यस घटनाप्रति निन्दा व्यक्त गर्दै सत्ताको दुरुपयोग गरेको टिभी पक्षधरहरूकाे आरोप छ ।

प्रहरीले जबरजस्ती गिरफ्तार गरेकाे बताइएकाे छ । रिपब्लिक टीभी च्यानलका केही स्क्रिनशट यतिबेला सामाजिक संजालमा भाइरल बनाएका छन्, जसमा पुलिस गोस्वामीको घरमा पसेर त्यहाँ केही झडप भएको देख्न सकिन्छ । सो भिडियोमा उनलाई भ्यानमा राखेर पुलिसले लैजाँदै गरेको समेत देखिएको छ ।

गाेस्वामीमाथि एकजना ५३ वर्षीय इन्टेरियर डिजाइनरलाई आत्महत्या गर्न बाध्य पारेको आरोप लगाइएकाे छ । अर्नवसहित दुईजनाले बाँकी रहेको रकम नदिएपछि इन्टेरियर डिजाइनरका आमा-छोराले आत्महत्या गरेकाे बताइएकाे छ ।