Wednesday, December 2सुदुर मिडिया द्वारा संचालित
Shadow

भारतिय सेना अध्यक्ष पुगे काठमाण्डाै

काठमाण्डाै १९ कात्तिक – लामाे समय देखि अवरूद्व दुई देशकाे सम्बन्ध फेरि सुधार हुने देखिएकाे छ । साेहि अनेरूप भारतका स्थलसेना प्रमुख मनोजमुकुन्द नरवणे काठमाण्डौ आइपुग्नुभएको छ ।

भारतीय वायु सेनाको विमानमार्फत उहाँ केहीबेरअघि काठमाण्डौ आइपुग्नुभएको हो । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा काठमाण्डौ आएका उहाँलाई मानार्थ प्रधानसेनापतिको दर्जा प्रदान गर्ने कार्यक्रमा रहेको छ ।

नेपाल र भारतबीच एकअर्का देशका सेना प्रमुखलाई मानार्थ प्रधानसेनापतिको दर्जाबाट सम्मान गर्ने परम्परा रहँदै आएको छ । भ्रमणको पहिलो दिन आजका लागि भने कुनै औपचारिक कार्यक्रम तय नभएको नेपाली सेनाले जनाएको छ । भोलि भने उहाँ दिनभर नै भेटघाटमा व्यस्त हुने कार्यक्रम तय भएकाे सेनाले जनाएकाे छ ।