सोमबार , अषोज ४, २०७८

काेराेेना संक्रमणका कारण महरा पत्निकाे मृत्यु

कार्तिक १९, २०७७ बुधबार 61

काेराेेना संक्रमणका कारण महरा पत्निकाे मृत्यु

दाङ,१९ कात्तिक पूर्व सभामुख कृष्णबहादुर महराकी श्रीमती सीता महराको निधन भएको छ । कोरोनाको कारण उहाको निधन भएको हो । काठमाडौं नर्भिक अस्पतालमा उपचारकोक्रममा बिहानको साढे ६ बजे निधन भएको छ
केहि दिन पहिले एकाएक गम्भीर विरामी भएपछि उपचारका लागि हेलिकोप्टर मार्फत महराकी धर्मपत्नि सिता काठमाडौं लगिएको थियो ।
एभरेष्ट एरलान्सको हेलिकोप्टर मार्फत घोराहीवाट महरा पत्नि ५९ बर्षीया महरालाई शुक्रवार विहान ९ बजेतिर उपचारका लागि काठमाडौं लगिएको थियो । सीता महरालाई गम्भीर प्रकृतिको निमोनिया भएको र त्यसले गर्दा स्वासप्रश्वासमा समस्या उत्पन्न भएपछि उपचारका लागि हेलिकोप्टर मार्फट काठमाडौं लगिएको थियो ।