Wednesday, November 25सुदुर मिडिया द्वारा संचालित
Shadow

ओेलीकाे ठाउमा प्रचण्ड र देउवा आएपनि देशकाेे समस्या समाधान हुदैन – थापा

काठमाडाैं, १८ कात्तिक । राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले अहिलेको नेतृत्वले देशलाई संकटबाट मुक्त गर्न नसक्ने दाबी गर्नुभएकाे छ ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत देशको समस्या समाधान गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको ठाउँमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ल्याए पनि देशको संकट हटाउन नसक्ने गर्नुभएकाे छ । समस्याको चक्रव्युहबाट देशलाई मुक्त तुल्याउन मार्गचित्र/अवधारणामा सुधार नगरेसम्म ‘कस्मेटिक’परिवर्तनको कुनै अर्थ नरहने पनि उहाँकाे भनाइ छ ।

‘केपी ओलीको ठाउँमा प्रचण्ड, माधव नेपाल वा शेरबहादुर देउवा ल्याएर अथवा नेकपाको ठाउँमा नेपाली कंग्रेस वा अन्य कुनै दललाई स्थापित गरेर देशले संकटबाट निकास पाउँदैन समस्याको चक्रव्यूहबाट देशलाई मुक्त तुल्याउन मार्गचित्र अवधारणामा सुधार नगरेसम्म ‘कस्मेटिक’ परिवर्तनको कुनै अर्थ रहँदैन,’ उहाँले ट्वीटरमा लेख्नुभएकाे छ ।


उहाँले नेपाली जनताले मुलुकको राजनीतिक मार्गचित्र र गन्तव्यका बारे पुनर्विचार गर्नुपर्ने बताउनुभएकाे छ । धर्म निरपेक्षता, गणतन्त्र र संघीयताको विकल्प खोज्ने वा उल्लेखित मान्यताबारे जनताको प्रत्यक्ष अभिमत बुझ्न जनमत संग्रह गर्नेबारे अब राष्ट्रिय बहस प्रारम्भ गरिनुपर्ने उहाँकाे माग छ ।

थापाले ट्वीटरमा लेख्नुभएकाे छ- ‘नेपाली जनताले मुलुकको राजनीतिक मार्गचित्र र गन्तव्यका बारे पुनर्विचार गर्नु जरुरी भएको छ । धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताको विकल्प खोज्ने वा उल्लेखित मान्यताबारे जनताको प्रत्यक्ष अभिमत बुझ्न जनमत संग्रहमा गर्नेबारे अब राष्ट्रिय बहस प्रारम्भ गरिनुपर्छ।’
नेकपा नेतृत्वको सरकारसँग भारत संवादहिन अवस्थामा पुगेको र चिनको भरोसा पनि धर्मराएको थापाको दाबी छ। भ्रष्टाचारदेखि राज्यसत्ता कब्जा गर्ने कार्यमा सत्तारुढ र प्रमुख प्रतिपक्ष दल दुवैले साझेदारी र भागभण्डा कायम गरेका उहाँले बताउनुभएकाे छ ।

‘परराष्ट्र नीति संचालनमा असन्तुलन देखिएको छ। नेकपा नेतृत्वको सरकारसँग भारत संवादहीन अवस्थामा पुगेको छ भने सरकार माथि अर्को छिमेकी चीनको भरोसा पनि धर्मराएको छ । भ्रष्टाचारदेखि राज्यसत्ता कब्जा गर्ने कार्यमा सत्तारुढ र प्रमुख प्रतिपक्ष दल दुवैले साझेदारी र भागभण्डा कायम गरेका छन्,’ थापाले लेख्नुभएकाे छ ।