Friday, December 4सुदुर मिडिया द्वारा संचालित
Shadow

दलित महिला संघद्वारा बिपन्नलाई राहत बितरण

बर्दिया साउन १९ । फाउण्डेसन फर अ जस्ट साेसाईटिकाे आर्थिक सहयाेग र दलित महिला संघ बर्दियाकाे समन्वयमा बढैयाताल गाउपालिका वडा नं ७ पडरियामा बिपन्न, गर्भवति, सुत्केरि र एकल महिलाका परिवारकालागि राहत सामाग्रि बितरण गरिएकाे छ । काेराेना कहरका समयमा दैनिक ज्यालादारि गर्ने बिपन्न समुदायका घर परिवारलाई राहत बितरण गरिएकाे हाे ।         काेराेना कहरकाे ५ महिना बिति सक्दा पनि सरकारले दाेश्राे चरणकाे राहत उपलब्ध गराउन नसकेकाे र ज्याला मज्दुरि गरेर दैनिक गुजारा गर्नेहरूलाई दलित महिला संघकाे राहतले आफुहरूलाई सहयाेग भएकाे स्थानिय धिराजा रैदासले बताउनु भयाे ।

राहत बितरण कार्यक्रममा बढैयाताल गाउपालिका ७ का वडा अध्यक्ष ईन्द्र प्रसाद लुईटेलले दलित महिला संघले बिपन्नलाई बितरण गरेकाे राहत फलदायि हुनेमा आफु बिश्वस्त रहेकाे समेत बताउनुभयाे । उहाले दलित महिला संघ सदैव बिवन्न परिवारकाे वकालातमा लागेकाे हुनाले बढैयाताल गाउपालिकामा बसाेबास गर्ने बिपन्न परिवारलाई एक्लाे महशुष नगर्न अनुराेध समेत गर्नेु भयाे । कार्यक्रममा दलित महिला संघ बर्दियाकि कार्यक्रम संयाेजक हिमा सुनारले काेराेनाका बेला आफुहरूले बिपन्न परिवारलाई गरेकाे सहयाेगले जिविकाे पार्जनमा केहि दिन भए पनि सहयाेग हुने धारणा राख्नु भयाे ।