Friday, December 4सुदुर मिडिया द्वारा संचालित
Shadow

सभापति देउवाले भने काग्रेस बिग्रिएकाे जिम्मा रामचन्द्रले लिनु पर्छ

काठमाडौं- सोमबार पार्टी कार्यालय सानेपामा बसेको वर्तमान र पूर्व पदाधिकारीको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता रामचन्द्र पौडेलमाथि आरोप लगाएका छन् ।सभापति देउवाले कांग्रेस बिग्रिनुको जिम्मा नेता पौडेलले लिनु पर्ने आरोप लगाएका हुन् ।

सभापति देउवाले सहमति भनेर भागबण्डा गर्नका लागि सभापतिले हार्दिकता देखाएकोले नै पार्टी बिग्रिएको जिकिर गर्दै यसको सबै जिम्मा वरिष्ठ नेता रामचन्द्र पौडेलले लिनुपर्ने बताएका हुन् ।

उक्त बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विभाग गठन बाहेकका विषयमा छलफल गर्न आफु तयार रहेको बताएका छन् । बैठकमा उनले भनेका, ‘विभाग मैले बनाइसकेँ, यो बाहेकका अरु विषयमा कुरा गर्न तयार छु ।’

यसबाहेक सभापति देउवाले विभागहरु विधानसम्मत नै गठन भएको बताउँदै सहमतिको नाममा अनेक बखेडा झिकेकाले अहिले पार्टी यो हालतमा आएको जिकिर गरेका छन् ।

आज बसेको बैठक मंगलबार दिउँसो १ बजेसम्मको लागि स्थगित भएको जानकारी नेता गोपालमान श्रेष्ठले दिएका छन्।