Saturday, October 31सुदुर मिडिया द्वारा संचालित
Shadow

मोटरसाइकल र बस आपसमा जुध्दा २ को मृत्यु

 

स्याङ्जा, असोज २३

स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका वडा नं १ मा सडक दुर्घटना हुँदा २ जनाको घटनास्थलमै ज्यान गएको छ।
बिपरित दिशाबाट आइरहेको ग १ क ४३७० नं को बसले ग १३ प २८१४ नं को मोटरसाइकल लाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको हो।
निधन हुनेमा साविकको बानेथोक ४ स्याङ्जा हाल भीरकोट नगरपालिका वडा नं ३ बानेथोकका ध्रुव भनिने ३१ वर्षिय गुप्त बहादुर खत्री र अर्का वालिङ रामबाच्छाका ५८ वर्षिय ढालबहादुर राना रहेका छन्। उनीहरुको शवलाई पोष्टमार्टमका लागि वालिङ स्वास्थ्य केन्द्र लैजाने तयारी भइरहेको छ।