बुधबार , कार्तिक ३, २०७८

चुराेटबाट लागेकाेे आगाेले एक जनाकाे ज्यान गयाे

कार्तिक १७, २०७७ सोमबार 54

चुराेटबाट लागेकाेे आगाेले एक जनाकाे ज्यान गयाे

मनोज डाँगी कार्तिक १७ सल्यानमा चुरोटबाट सल्किएको आगोले एक महिलाको ज्यान गएको छ । जिल्लाको शारदा नगरपालिका– २ मैसेपानीनिवासी ५२ वर्षीया पार्वती खड्काको चुरोटबाट सल्किएको आगोले ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । आइतबार राति खाना खाएर सुत्ने वेला चुरोट खाएर ननिभाएपछि महिला निदाएको र त्यसैबाट सुतेको ओच्छ्यानमा आगो सल्किँदा महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण वलीले जानकारी दिए ।
पतिको केही वर्षअघि निधन भएको र महिलाका दुई छोरा रहे पनि हाल एक वैदेशिक रोजगारीमा तेस्रो मुलुकमा र अर्को छोरा नेपालगन्जमा रहेकाले घरमा एक्लै बस्दै आएको पारिवारिक स्रोतले जनाएको छ ।
घटना रातिको भए पनि छिमेकीले बिहान थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो ।
घटनाको मुचुल्का उठाई शवको पोस्टमार्टमसमेत भइसकेको प्रहरी प्रवक्ता वलीले जानकारी दिए ।