Wednesday, December 2सुदुर मिडिया द्वारा संचालित
Shadow

नेपाल प्रहरीका सई घुससहित प’क्राउ

सप्तरी। प्रहरी नायब निरीक्षक(सई) ५० हजार घुससहित प’क्राउ परेका छन् ।

सप्तरीको इलाका प्रहरी कार्यालय तिलाठीमा कार्यरत सिकन्दर प्रसाद कानुलार्ई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासको टोलीले प’क्राउ गरेको हो ।

नियन्त्रणमा लिइएको मोटरसाइकल फिर्ता गर्न उनले घुस मागेका थिए । जवानमार्फत उनले घुस लिएको आयोगले जनाएको छ ।

जवान रामेश्वर मण्डल तथा स्थानीय व्यापारी जयनारायण मण्डललाई पनि आयोगले प’क्राउ गरेको छ ।