Friday, December 4सुदुर मिडिया द्वारा संचालित
Shadow

एक जिम्मेवार राष्ट्रसेवक संग पालुवा खवरले गरेकाे कुराकानिकाे सार संक्षेप

बर्दिया । जिल्ला प्रसासन कार्यालय बर्दियामा प्रशासकिय अधिकृतका रूपमा धेरै कर्मचारिहरू अाउछन । कतिले लाेकप्रिय काम गर्न सफल हुन्छन भने कति अाफै गुमनाम भयर फर्कछन पछिल्लाे समय सरदर १८ महिना देखि २४ महिना सम्म प्रसासकिय अधिकृत भयर काम गर्ने अवसर उनिहरूलाई प्रप्त हुने गर्छ । खासगरि प्रशासकिय अधिकृत भयर काम गर्ने अवसर पाउदा कतिले करकापमा काम गराउने गरेकाे पाईन्छ भने कतिले राजनितिक दवावमा पनि काम गर्ने गरेका छन । अिले पछिल्लाे समय जिल्ला प्रशासन कार्यालय बर्दिायाका प्रसासकिय अधिकृत गणेश बिक्रम शाह चर्चामा पनि अायका छन । बिशेष गरि बिहान देखि साझ सम्मै काम गर्ने बानि परेका उनलाई यतिबेला बजार अनुगमनकाे जिम्मेवारि समेत दिईएकाे छ । बजार अनुगमनका क्रममा उनले गरेका निर्णय बर्दियाबासिका लागि फलदाई हुने गरेकाे देखिन्छ । प्रस्तुत छ उनै प्रसासिकय अधिकृत गणेशबिक्रम शाह शंग गरियकाे बिशेष कुराकानि ः—–

१. तपाईकाे जन्म कुन स्थानमा कहिले भयकाे हाे :- मेराे जन्म २०३५ साल असाेज ८ गते शनिबारका दिन

२. सेवा प्रवेशकाे मिति र कुन तह- २०५४/०६/०५ । १९ बर्षमा पहिलोपटक मुखिया पदमा। २०५५ मा सह लेखापाल र लेखापाल हुदै २०६८/०५/२८ मा खुला परीक्षाबाट शाखा अधिकृत ।

३ अहिले सम्म काम गरेकाे जिल्लाहरू र कार्यालयहरू- शाखा अधिकृत भएपछि भुमिसुधार मन्त्रालय अन्तरगत १.५ बर्ष , अ दु.अ.आ. मा १ बर्ष, श्रम मन्त्रालय अन्त्रगत १.५ बर्ष, संघीय मामिला तथा स्थानीय बिकास मन्त्रालय अन्त्रगत – नारायण नगरपालिका दैलेखको कार्यकारी अधिकृतको रुपमा १.५ बर्ष तथा दक्षिणकाली नगरपालिकाको कार्यकारी अधिकृतको रुपमा १ वर्ष र मन्त्रालयमा १ बर्ष तथा शहरी बिकास मन्त्रालयमा १ बर्ष काे कार्यानुभव रहेको ।

४ मन पर्ने खाना – समान्य दाल , भात, तरकारी नेपाली खाना

५ मन पर्ने रङ – सेताे , निलाे।

६ जिल्ला प्रसासन कार्यालय बर्दियामा काम गर्दाकाे अनुभव – गृह मन्त्रालय अन्त्रगत जिल्ला प्रशासन कार्यालय बर्दियामा रहेर काम गर्दा एक किसिमको उर्जा प्राप्त भैरहेको छ। प्रत्यक्ष जनसम्पर्क हुने कार्यालयमा रहेर जनताको सेवा गर्न पाईएकाे छ । अनुशासित भएर जिल्लामा शान्ति सुरक्षा र सुशासन कायम गर्न तथा दैनिक प्रशासनिक काममा प्रमुख जिल्ला अधिकारीलाई सहयोग गर्नु मेराे जिम्मेवारी रहेको छ।

७ राजनितिक दवाव वा प्रलाेभनकाे अवस्था – अहिलेसम्म भाेग्नुपरेकाे छैन ।

८ आफुले गर्नु पर्ने काम – नागरिकता वितरण , राहदानी वितरण , संस्था दर्ता र नविकरण , राहत तथा उद्धार , विकास निर्माणका कार्यमा सहजीकरण , बजार अनुगमन तथा प्रमुख जिल्ला अधिकारीलाई सहयोग र समन्वय मेरो मुख्य कार्य जिम्मेवारी रहेको छ।

९ बजार अनुगममा देखियकाे समस्या – ऐन नियमको पालनामा कठिनाइ , ताेकिएका मापदण्डअनुसार बजार संचालन नभएको । उपभोक्ताको अधिकारकाे संरक्षण गर्न समस्या ।

१०. प्रशनसकिय अधिकृत भयर गर्न नसकेकाे काम – अहिलेसम्म सबै काम भएकै छन। कुनै समस्या छैन। तर नयाँ नयाँ कामकाे अनुभव भैरहेको छ ।

११. सेवा प्रवाहमा सुधार गर्नु पर्ने पक्षहरू र बर्दिया बासिलाई के भन्न चाहनहुन्छ – जनताको हक अधिकारकाे रक्षा हुने गरि सबै राष्टसेवक कर्मचारीले आ आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ। नागरिकले पनि आफ्नो अधिकारकाे खाेजि गर्नुपर्छ साथै जिम्मेवारी र दायित्व पूरा गर्नपर्छ।