Monday, November 30सुदुर मिडिया द्वारा संचालित
Shadow

सामाजिक सञ्जामा नेताहरूकाे राेष प्रकट गर्ने क्रम जारि – दुर्भाग्य निम्तन लाग्याे ईश्वर पाेखरेल

काठमाडाैं, १७ कात्तिक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी एकता हुनुभन्दा पहिलेका समूहसँग समीकरण बनाएर खेल्न खोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको बताएका बताउनुभएकाे छ ।

साेमबार उहाँले समाजिक सञ्जाल फेसबुकमार्फत सो अभिव्यक्ति दिनुभएकाे हाे ।  ‘एकताका बेला गरिएको सहमति विपरीत पूर्व समूहभित्रको आवद्धताका आधारमा समीकरण बनाएर खेल खेल्न खोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको हो’, ट्विटरमा पोखरेलले लेख्नुभएकाे छ ।

त्यस्तो दुर्भाग्य निम्त्याउनेहरूलाई बेलैमै चिनेर खबरदारी समेत गर्न उहाँले आग्रह गर्नुभएकाे छ । उहाँले लेख्नुभएकाे छ- ‘त्यस्तो दुर्भाग्य निम्त्याउनेहरूलाई सबैले बेलैमै चिनौं,खबरदारी गरौं ! व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूको विरोध गर्दै पार्टी एकतालाई बचाऔं !


पछिल्लो समय नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच विवाद चुलिँदै गएको छ । गत शनिबार दुई अध्यक्षबीच भेट भएको थियो । भेटमा प्रचण्डले प्रधानमन्त्री पद मागेको समेत समाचारहरू बाहिरिएका थिए ।

आइतबार खुमलटार भेलामा प्रचण्डले दुई अध्यक्षबीचको भेटलाई ब्रिफिङ गर्दै ओलीले पार्टी फुटाउन चाहेको बताउनुभएकाे थियाे ।