Friday, December 4सुदुर मिडिया द्वारा संचालित
Shadow

बाकेमा तिन दिनमा सात जनाकाे मृ’त्यु

भगतराम थारु नेपालगन्ज १७ कात्तिक। बाँकेमा वडा सदस्य सहित ३ दिनमा ७ जनाको कोरोना संक्रमणबाट मृ’त्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ का वडा सदस्य शान्ति देवी परियारको सोमवार विहान कोरोना संक्रमणबाट मृ’त्यु भएसंगै ३ दिनमा ७ जनाको मृत्यु भएको हो ।        कोरोना भाईरस (कोभिड १९) को संक्रमण देखिएकी नेपालगन्ज उपमहानगरपालिका २ की ६७ वर्षिय वडा सदस्य महिलाको उपचारका क्रममा मृ ‘त्ययु भएको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
कात्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएपछि भेरी अस्पतालको कोरोना विशेष वार्डमा भर्ना गरीएकी वडा सदस्य परियारको बिहान १०ः३० बजे मुत्यु भएको हो । उपचारको क्रममा उनको रोगको प्रकृति अनुसार एन्टिबायोटिक, अक्सिजन लगायत सबै प्रकारको आवश्यक सपोर्टिभ उपचार गरिएको र उपचारकै क्रममा सोमबार बिहान १०ः३० बजे उनको मृ’त्यु भएको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
हालसम्म बाँकेमा उपचारका क्रममा पछिल्लो ३ दिनमा मात्रै ७ जना संक्रमितको ज्यान गएको छ । बाँकेमा कोरोना संक्रमणबाट मृ’त्यु हुनेको संख्या ३४ पुगेको छ भने बाहिरी जिल्लाबाट कोरोनाको उपचार गराउन बाँके आएर मृ’त्यु हुनेको संख्या २१ पुगेको भेरी अस्पताल नेपालगन्जले जनाएको छ ।