Friday, October 30सुदुर मिडिया द्वारा संचालित
Shadow

रुकुम पश्चिमा थप ७ जनामा कोरोना भाइरस संक्रमन पुष्टि

रुकुम पश्चिम असोज २३
रुकुम पश्चिमा थप ७ जनामा कोरोना भाइरस संक्रमन पुष्टि भएको छ । जिल्लाको मुसिकोट नगरपालिकामा आज ७ जनामा कोरोना संक्रमन पुष्टि भएको हो । चौरहजारी नगरपालिकामा रहेको पिसिआर प्रयोगशालामा नगरपालिकाका ४४ जनाको स्वाबको नमुना परिक्षण गर्दा ४ महिला र ३ पुरुषमा संक्रमन देखिएको छ ।
यसअघी संक्रतिहरुको सम्पर्कमा आएका व्यक्तिहरुको थ्रोड स्वाब परिक्षण गर्दा उनिहरुमा संक्रमन भएको पाइएको हो । नयाँ संक्रमितहरु मुसिकोट नगरपालिका वडा नम्बर ४ का तिन जना, १२ नम्बर वडाका २ जना वडा नम्बर २ का १ जना रहेका छन । यस्तै एक जना संक्रमित जिल्ला बाहिरका हुन ।
संक्रमितहरु सबै अहिले होम आइसोलेसनमा बसेका छन उनिहरुलाई नगरपालिकाको आइसोलेसनमा राख्ने तयारी भैरहेको बताइएको छ ।
यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ३० पुगेको स्वास्थ्य सेवा कार्यालयका कोरोना रोग नियन्त्रण फोकल पर्सन इश्वर रावलले जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमित मध्ये १ सय १४ जना उपचार पछी स्वस्थ भैसकेका छन । अव यहाँ १६ जना सक्रिय संक्रमित रहेका छन ।।