Friday, December 4सुदुर मिडिया द्वारा संचालित
Shadow

ओेलीकाे सति नजान प्रचण्डलाई बाबुराकाे आग्रह

काठमाडौं, १७ कात्तिक । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओली कुबाटोमा भएको बताउनुभएकाे छ ।

नेकपाको विवाद उत्कर्षमा पुगेको बेलामा पूर्वप्रधानमन्त्री समेत रहनु भएका डा. भट्टराईले सामाजिक सञ्जाल ट्वीटर मार्फत आफ्ना पूर्वसहकर्मी पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेकपाका नेता कार्यकर्तालाई ओलीसँगै सती नजान सुझाव पनि दिनुभएकाे छ ।

विश्व कम्युनिस्ट आन्दोलन धरासायी हुनुको प्रमुृख कारण मुल पार्टी/नेतृत्वले रंग फेरेपछि बाँकी कार्यकर्ताले विद्रोह गर्न नसक्नु भएकाे भट्टराईकाे भनाइ छ । ‘विश्व कम्युनिष्ट आन्दोलन धरासायी हुनुको एउटा प्रमुख कारण मूल पार्टी/नेतृत्वले रंग फेरिसकेपछि पनि बाँकी नेता/कार्यकर्ताले बेलैमा विद्रोह गर्न नसक्नु हो भन्ने हिजोका झापाली/माओवादीले कति छिटो बिर्सेको? ’ सोमबार एक ट्वीट गर्दै उहाँले प्रश्न गर्नुभएकाे छ ।

डा. भट्टराईले ओली कुबाटोमा रहेको निष्कर्ष निकाल्नु भएकाे छ । उहाँले लेख्नुभएकाे छ- ‘ओली आफ्नो कुबाटोमा दृढ छन् अरू उनको सती जाने कि बेलैमा नयाँ समाजवादी बाटो बनाउने?’

गैर कम्युनिस्ट पार्टीमा आवद्ध भए पनि भट्टराईले कम्युनिस्ट पार्टी र विचारमा बेलाबेलामा टिप्पणी गर्दै आउनुभएकाे छ ।