Friday, December 4सुदुर मिडिया द्वारा संचालित
Shadow

प्रचण्डलाई मुख्यमन्त्रि पाेखरेलकाे काउण्टर

काठमाडौँ, १७ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद चरम उत्कर्षमा पुगेको समयमा पार्टीका कार्यकारी अध्यक्षलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले कडा काउन्टर दिनुभएको छ ।
स्थायी कमिटीका सदस्य समेत रहनुभएका मुख्यमन्त्री पोखरेलले अध्यक्ष प्रचण्डलाई लक्षीत गर्दै कसले के भन्यो भन्दा पनि मैले के भने र मेरो धारणा के हो ? भन्नु राम्रो हुने बताउनुभयो । अध्यक्ष प्रचण्डले खुमलटारमा गुटको भेला गरी प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा एक भएर जान नसकिने भनि विश्लेषण गर्नुभएको थियो ।

आफ्नो सामाजिक सञ्जालमा आज सोही प्रशंगलाई लक्षीत गर्दै मुख्यमन्त्री पोखरेलले भन्नुभएको छ, ‘विवादका वेला जिम्मेवार व्यक्तिले मैले के भने, मेरो धारणा के हो रु भन्नु राम्रो हो । अर्कोले के भन्यो रु भन्दा सदैव आग्रह मिसिन्छ ।’