Friday, December 4सुदुर मिडिया द्वारा संचालित
Shadow

काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या बढदाे, कहा कति हेर्नुहाेस

काठमाडौँ, १७ कार्तिक । विश्वभर कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १२ लाख नाघेको छ । सोमबार बिहानसम्म विश्वमा १२ लाख ५ हजार ४४ जना संक्रमितको मृ’त्यु भइसकेको वर्ल्डोमिटर्सले जनाएको छ ।

आइतबार विश्वभर ४ लाख ३६ हजारभन्दा बढी नयाँ संक्रमणका केस पुष्टि भएका छन् भने भाइरस संक्रमणका कारण ५ हजार ३०० जनाले ज्यान गुमाएका छन् ।

तथ्यांक अनुसार सबैभन्दा बढी मृ’त्यु संयुक्त राज्य अमेरिकामा भएको छ । त्यहाँ अहिलेसम्म कोरोना भाइरसबाट २ लाख ३६ हजार ४७१ जनाले ज्यान गुमाइसकेका छन् । आइतबार अमेरिकामा ३९९ संक्रमितको ज्यान गएको छ भने ७१ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । अहिले अमेरिकामा ३१ लाख ३३ हजारभन्दा बढी सक्रिय संक्रमित रहेको बताइएको छ ।

दोस्रो बढी मृ’त्यु हुनेमा दक्षिण अमेरिकी राष्ट्र ब्राजिल रहेको छ । त्यहाँ सोमबार बिहानसम्म कोरोना भाइरसका कारण १ लाख ६० हजार १०४ जनाले ज्यान गुमाएका छन् । आइतबार त्यहाँ २०२ जनाको मृ’त्यु भएको छ भने १० हजार १०० नयाँ संक्रमित थपिएका छन् । हाल ब्राजिलमा सक्रिय संक्रमित भने ४ लाख ४ हजार ६५९ मात्र रहेका छन् ।

तेस्रो बढी मृत्यु हुनेमा एशियाली मुलुक भारत रहेको छ । भारतमा अहिलेसम्म कोरोना संक्रमणका कारण १ लाख २२ हजार ६४२ जनाको मृ’त्यु भएको छ । त्यहाँ आइतबार मात्र ४९३ जनाले ज्यान गुमाएका छन् भने ४६ हजार ४४१ नयाँ संक्रमित थपिएका छन् । हाल भारतमा ५ लाख ६३ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।
भारतपछि मेक्सिको बढी मृ’त्यु भएको देखिन्छ । त्यहाँ हालसम्म कोरोनाबाट ९१ हजार ७५३ जनाले ज्यान गुमाएका छन् । आइतबार त्यहाँ ४६४ को ज्यान गएको छ भने ६ हजार १५१ नयाँ संक्रमित थपिएका छन् ।

युरोपेली मुलुकमा सबैभन्दा बढी मृ’त्यु भने बेलायतमा र त्यसपछि इटलीमा भएको छ । बेलायतमा कोरोना संक्रमणबाट अहिलेसम्म ४६ हजार ७१७ जनाको ज्यान गएको छ भने इटालीमा ३८ हजार ८२६ जनाले ज्यान गुमाएका छन् ।

त्यसपछि बढी मृ’त्यु हुनेमा क्रमशः फ्रान्स, स्पेन, इरान, पेरु, कोलमम्बिया र अर्जेन्टिना रहेका छन् । ती देशमा कोरोना भाइरसबाट ३० हजारभन्दा बढीको मृ’त्यु भएको छ । रूसमा भने २८ हजार ३३५ जनाले ज्यान गुमाएका छन् ।