Friday, December 4सुदुर मिडिया द्वारा संचालित
Shadow

सहकारिलाई अनुदानकाे रकम हस्तान्त्रण

सिरहा,१७ कार्तिक । आयोजित एक कार्यक्रममा सिरहा नगरपालिकाका मेयर अषेश्वर प्रसाद यादवले कृषि सहकारीहरुलाई अनुदान रकमको चेक हस्तान्तरण गरेको छ । सिरहा, कर्जन्हा र कल्याणपुर नगरपालिकाको विभिन्न वडामा क्रियाशिल रहेका कृषि सहकारीहरुलाई उक्त चेक हस्तान्तरण गरेका हुन् ।
अनुदान रकम सानो र ठुलो नभई थोरै भएपनि सुरुवाती अवस्थाका सहकारीहरुको विकासका लागि धेरै हन सक्ने उनले बताउदै भने,‘कुनै पनि कुराको सुरुवात थोरैबाट हुने जस्तै प्राप्त रकमलाई राम्रोसँग परिचालन गरियो भने धेरै हुन सक्छ ।’
गाउँ–गाउँमा सहकारीहरुको विकास हुनु भनेको ग्रामिण भेगका जो विकासको मुल प्रवाहबाट पछि परेका छन् उनीहरुको मुहारमा खुशी आउने निश्चय रहेको उनले तर्क गरे । उनका अनुसार सानो गर्जो पर्दा ग्रामिण भेगका बासिन्दालाई समस्या पर्ने गरेका हुन्छन् तर गाउँमा सहकारीको विकास राम्रोसँग भयो भने त्यस्ता व्यक्तिहरुले सहजै रुपमा आ–आफ्नो गर्जो टार्न सक्ने छन् ।
श्री सारश्वरनाथ साना किसान कृषि सहकारी संस्था लि. सिनपा १२ एक लाख २० हजार, श्री बगहा कृषि सहकारी संस्था लि.कर्जन्हा ११ का १ लाख २० हजार, श्री साना किसान कृषि सहकारी संस्था लि. सिनपा ११ भलुवाहीका ६० हजार, श्री माँ काली महिला साना किसान सहकारी संस्था लि.सिनपा १५ का ६० हजार र श्री अग्रशिल महिला साना किसान संस्था लि. ६० हजारको अनुदान रकमको चेक पाएको आयोजक संस्थाले बताए ।
२ लाख ४० हजार अधिकतम र १ लाख ५० हजार न्यूनत्तम रकम यस अघि पनि उपलब्ध गराएका थिए । चाहिएको समयमा मल, बीउ र किटनासक औषधी किन्न नसक्दा आम्दानीमा गिरावट आएर कृषि पेशाबाट पलायन हुन सक्ने अवस्थालाई न्यून गर्न सहकारीहरुलाई अनुदान रकम प्रदान गरिएको आयोजक संस्थाका कृषि अधिकृत टंक प्रसाद अर्चायले बताए । उनका अनुसार पाएको अनुदान रकमबाट आउने न्यूनतम ब्याजको आधा प्रशासनिक खर्च र आधा बीउ पुजी कोषामा राख्नुपर्ने हुन्छ ।
परियोजना संचालनको अवधिमा हुने गतिविधिमा ध्यान पूर्वक लाग्यो भने परियोजना सकेर गइसकेपनि त्यसको प्रभाव रही रह्ने डब्लुएचएचका संयोजक उत्तम शर्माले बताए । व्यक्तिको सक्रियता राम्रोसँग नदेखिएकै कारण विगतमा कैऔं सहकारी धरासायी हुन पुगेको स्मरण गराउदै आ–आफे्ना सहकारीहरुलाई दुरुस्त राख्न उनले आग्रह गरे ।
समयमा पैसाको बन्दोवस्त नभएकै कारण किसानहरु निरास हुने गरेको अवस्थालाई चिर्नका सहकारी मार्फत प्रदान गरिने ऋणबाट सहज हुने साना किसान कृषि सहकारी कल्याणपुर १ अर्नमाकी प्रवन्धक मनतोरिया देवी मंडलले बताईन् । ‘हामी सबै महिलाहरु एकबद्ध भएर दर्ता गराएको सहकारी राम्रोसँग चल्दै छ,’उनी भन्छिन्,‘हाम्रो छोटो प्रयासले गाउँका केही व्यक्तिको अनुहारमा खुसी आएको छ ।’ दातृ निकाहरुले सहयोग गरेर संचालित महिला मार्फतको सहकारीहरुलाई बलियो बनाउन उनले आग्रह गरिने ।
बिएमजेड. तथा डबुल एचएचको आर्थिक सहयोगमा फोरर्वाड नेपालआसमान नेपालले जिविकोपार्जन परियोजना अन्तर्गत दलित, भुमिहिन तथा एकल महिला किसानहरुको सहयोगका लागि फिल्ड क्षेत्रका कृषि सहकारी संस्थालाई घुम्ती कोष अनुदान रकम प्रदान गरे ।