Wednesday, November 25सुदुर मिडिया द्वारा संचालित
Shadow

काेराेना नियन्त्रणमा गम्भिर बन्नु पर्छ-अध्यक्ष यादव

राजविराज, १७ कात्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले उपचार नपाएर कोरोना सङ्क्रमितको अकालमै मृत्यु हुने अवस्था आउन दिन नहुने बताउनुभएको छ ।

सङ्क्रमणबाट यही कातिक ११ गते मृत्यु भएका संविधानसभाका पूर्वसदस्य एवं पार्टीका प्रदेश कमिटी सदस्य मानपुर चौधरीको परिवारलाई आज समवेदना दिने क्रममा उहाँले जनताले सबैले निःशुल्क उपचार पाउनुपर्ने मौलिक हकलाई कसैले उलङ्घन गर्न हुँदैन भन्नुभयो ।

पूर्व स्वास्थ्यमन्त्री यादवले सरकारले तत्काल ठोस कदम चालेर निःशुल्क र सहज परीक्षण र उपचार गर्नुपर्ने बताउनुभयो ।