Friday, December 4सुदुर मिडिया द्वारा संचालित
Shadow

ओली पक्षका दुई मन्त्रि हटाउने मुख्य मन्त्रिकाे तयारि

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ओलीपक्षबाट सरकारमा सहभागी दुई मन्त्री आज बर्खास्त गर्दैछन् । कर्णाली प्रदेश सरकारमा सहभागी सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन, वातावरणमन्त्री नन्दसिंह बुढालाई बर्खास्त गर्ने तयारि गरेकाे मुख्यमन्त्रीकार्यालय स्राेतले जानकारि गराएकाे छ ।

सरकारको पक्षमा संसदीय दलमा उपस्थित नभएपछि मुख्यमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिन आग्रह गरे पनि दुबैजनाले प्रधानमन्त्री केपी ओलीको निर्देशन अनुसार राजीनामा नदिएर बर्खास्त गर्न आग्रह गरेका स्रोतको भनाइ छ ।

ओली पक्षका नेता यामलाल कंडेलले प्रचण्ड निकट मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपाभित्र विवाद सुरु भएको थियो । शाहीले आजै वरिष्ठ नेता माधव कुमार नेपाल निकट तीनजनालाई मन्त्री बनाउने तयारी गरेका छन् । अविश्वासको प्रस्ताव विफल पार्नका लागि शाहीले नेपाल पक्षसँग सहमति गरे अनुसार आज मन्त्री बनाउन थालेका हुन् ।

आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न सहयोगी भूमिका निर्वाह गरेका ओलीनिकट प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री शाहीले बर्खास्त गरेका थिए ।