Friday, December 4सुदुर मिडिया द्वारा संचालित
Shadow

प्रधानमन्त्री ओली बिरूद्व पर्दशन गर्नेलाई साउदि सरकारद्वारा मुद्वा

काठमाडौं, १५ कात्तिक । साउदी अरबमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्ने नेपाली नागरिकलाई स्थानीय प्रशासनले मुद्दा चलाएको छ । वैदेशिक रोजगारीका क्रममा साउदी पुगेका नेपाली नागरिकहरुले नेपाल सरकारप्रति असन्तुष्टि जनाउँदै रियादमा प्रदर्शन गरेका थिए ।

भदौ २१ गते स्वदेश फर्कन नपाएका उनीहरुले एक कम्पनीमा प्रदर्शन गरेका थिए । जसमध्ये एक नेपालीलाई शान्ति तथा सुरक्षाको मुद्दा लागेको बताइएको छ । सउदीको कानून अनुसार सार्वजनिक स्थानमा नाराबाजी तथा प्रदर्शन गर्न पाइदैन ।

उता साउदीस्थित नेपाली राजदूतावासले भने मुद्धा लागेका नेपाली श्रमिकलाई माफी दिलाएर स्वदेश फर्काउन पहल भइरहेको जनाएको छ । कोरोना भाइरसको महामारीका कारण साउदीमा धेरै नेपाली श्रमिकहरु नेपाल फर्कने तयारीमा छन् । यसअघि नेपालमा अन्तर्राष्ट्रिय उडानहरु प्रतिबन्ध लगाइएका कारण नेपालीहरु स्वदेश फर्कन सकेका थिएनन् ।