Friday, December 4सुदुर मिडिया द्वारा संचालित
Shadow

बारबर्दियामा सातवटा ठुला सडक कालाेपत्रे गरिने, सगुन मार्गमा कालाेपत्रे शुरू

ज्योति पन्थी (बर्दिया) कार्तिक १५। बर्दिया जिल्लाको बारबर्दिया नगररपालिकाले नगरपालिकालाई सडक सञ्जाल सँग जोडनका लागि ७ वटा महत्वकांक्षि सडक योजना अगाडी सारेको छ । बिकासको दृष्टिकोणले सडक सञ्जाल समेत धेरै भएको नगरपालिकाले बारबर्दिया नगरपालिकाको मुख्य कार्यालय रहने मगरागढी सँग आफना सम्पुरर्ण सडकहरुलाई जोडनका लागि ७ वटा ठुला सडकहरुको योजना तयार पारेको हो ।

बारबर्दिया नगरपालिकाले पुर्वपश्चिम राजमार्ग अन्र्तगत पर्नेी बैदी चोक देखि पर्यटकिय स्थलका रुपमा परिचित सतखलुवाताल सम्म पुग्नका लागि सगुनमार्ग, राजमार्ग देखि ढेकला गाउँ सम्मका लागि मार्ग, औरी देखि मानपुर सम्मका लागि रुपलालमार्ग, तर्कापुर बेलभार सम्मका लागि मार्ग, मगरागढी जमुनियाका लागि सहिद मार्ग र शान्तिपुर रामपुरका लागि राम प्रसाद मार्ग नामांकरण गरेर सडक सञ्जाल बिस्तार शुरु गरेको छ ।

सडक निर्माणको पहिलो चरणमा बारबर्दिया नगरपालिकाले भएका सडकहरुलाई चौडा गर्ने र त्यसमा सुधार गरी ति सडकहरुलाई क्रमश कालोपत्रे गर्दै जाने योजना बारबर्दिया नगरपालिकाको रहेको र पहिलो चरण अन्र्तगत यति बेला नगरपालिकले अफनै लगानीमा बैदी चोक देखि सतखलुवा ताल सम्मको सडक कालोपत्रे गर्ने कार्य शुरु गरेको बारबर्दिया नगरपालिकाका नगर प्रमुख दुर्गा बहादुर थारुले बताउँनु भयो ।उहाले नगरपालिकाको बिकास सवै भन्दा पहिला सडकमै देखिने भएकाले नगरपालिकाका सवै सडकहरुलाई कालोपत्रे गर्दे जाने योजनामा नगरपालिका रहेको र अफनै लगानिमा भए पनि सडक सञ्जालको बिकासमा नगरपालिका लाग्ने समेत बताउँनु भयो ।

बर्षातको समयमा सवै वडाका स्थानियहरु सहजहरुमा नगरपालिका सम्म आवत जावत गर्न सकुन भन्ने उद्धेश्यले नगरपालिकाले यतिबेला सडक निर्माणलाई प्राथमिकतामा राखेर काम शुर गरेको र यसै बर्ष सातवटा ठुला सडकहरुको योजना अगाडी बढाएको बारबर्दिया नगरपालिकाका कार्यपालिका सदस्य एवं बिपत ब्यवस्थापन समिति संयोजक टेक बहादुर बि.कले बताउँनु भयो । नगरपालिकाले निर्माणभ शुरु गरेको ७ वटा सडक निर्माण सम्पन्न भए नगरपालिकाको बिकासले मुहार फेनैमा नगरबासिहरु ढुक्क देखिएका छन । बैदी चोक देखि सतखलुवा ताल सम्मको सडक निर्माणले सतखलुवा तालमा पर्यटकहरुको आगमन बढनेमा नगरबासि ढुक्क रहेको बारबर्दियाका स्थानिय बासिन्दा दिपक  लम्सालले बताउँनु भयो ।
सातवटा ठुला सडक मध्यमा यस बर्ष नगरपालिकाले आफनै लगानिमा बैदी चोक देखि सतखलुवा बेलभार सम्मको करिव ११ किलोमिटर सगुुुन मार्ग सडक ३२ करोडको लागतमा कालापत्रे शुरु गरेको छ ।