सोमबार , अषोज ११, २०७८

कलिलै उमेरमा सञ्चारकर्मी राधा बस्यालको नि’धन

कार्तिक १५, २०७७ शनिबार 21

कलिलै उमेरमा सञ्चारकर्मी राधा बस्यालको नि’धन

काठमाडौं 

क्यान्सरबाट पीडित पूर्वी नवलपरासीकी पत्रकार राधा वस्यालको शुक्रवार नि’धन भएको छ ।

वस्यालको २८ वर्षको उमेरमा शुक्रवार साझ ५ वजे आफ्नै निवास कावासोति २ सिमलघारिमा नि’धन भएको हो । वि. सं. २०४८ साल फागुन ९ गते जन्मनु भएकी सञ्चारकर्मी बस्याललाई विगत ३ बर्ष अघि २०७५ जेठ ७ गते स्तन क्यान्सर भई उपचार गराउदै आउनु भएको थियो ।

क्यान्सर लागेपछि उहाँले प्रस्तावित राधा क्यान्सर सचेतना फाउण्डेशन सञ्चालन गरी गाउँ गाउँमा सचेतना अभियानसमेत चलाउनु भएको थियो ।

क्यान्सर रोगका वारेमा समुदायमा सचेतना अभियान समेत चलाउदै आउनु भएकी वस्यालले पछिल्लो समयमा आफ्नै पहलमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आउनु भएको थियो ।

बस्याल कावासोतीको मध्यविन्दु एफएममा काम गर्दै आउनु भएको थियो । स्वर्गीय राधा वस्यालको शनिवार विहान अन्तिम सस्कार गरिने परिवारजनले जनाएका छन् ।