Monday, November 30सुदुर मिडिया द्वारा संचालित
Shadow

विकास कार्यमा राजनिति भयो भने सम्बृद्धि संभव छैन – सांसद शर्मा

गाेपालसिंह खड्का/ रुकुम १५ कर्णाली प्रदेश सभा सदस्य गोपाल शर्मा ‘अनल’ले विकासमा राजनिति नगर्न आग्रह गर्नु भएको छ । चौरजहारी नगरपालिकाद्धारा वडा १० मा सञ्चालित शहीद स्मृति नगर अस्पतालको शुक्रबार एक कार्यक्रमका विच उद्धघाटन गर्दै शर्माले विकासका क्रियाकलापमा गरिने राजनितिले सम्बृद्धि संभव नभएको बताउँनुभयो ।
विकासमा तेरोमेरो तथा पक्षविपक्ष नबन्न नगरबासी सबैलाई आग्रह गर्नुभयो । पक्ष र विपक्षमा लाग्दा आफैलाई हानि हुने उहाँको तर्क थियो । नगरको विकासका लागि तेरो मेरो भन्दा पनि सबै एक जुट भएर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।

गुणस्तरीय र सुलभ सेवा उपलब्ध गराउन सरकार तयार
स्वास्थ्य सेवा जनताको पहिलो प्राथमिकतामा भएकाले जनतामा यसको सहज पहुँच स्थापित गरी गुणस्तरीय र सुलभ सेवा उपलब्ध गराउन सरकार तयार रहेकोे बताउनु भएको छ । जनताको स्वास्थ्य नै सबै भन्दा महत्वपुर्ण भएकाले जनतालाई कसरी स्वस्थ राख्ने भन्नेमा प्रदेश सरकार लागी परेको बताउभयोे । स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउन प्रदेश सरकारले अस्पतालहरुको स्तरन्नती गर्ने कार्य समेत अघि बढाएको उहाँले बताउनु भयो ।

जनतालाई स्वास्थ्य सेवा दिने सरकारको दायित्व भएको भन्दैै संविधानले परिकल्पना गरेको सेवा प्रवाह गर्न राज्य सक्षम हुनुपर्ने मान्यताका साथ प्रदेश सरकारले काम अगाडी बढाई रहेको बताउनु भयो । ‘स्वास्थ्य जस्तो निकै संवेदनशील क्षेत्रमा सरकारले विशेष योजना बनाएरै काम गर्दै छ, जनतालाई महसुस हुने गरी नै काम भइरहेको उहाँले जिकिर गर्नुभयो ।