सोमबार , अषोज ४, २०७८

एघार दिन पछि प्रधानमन्त्रि र दाहाल बिच भेट

कार्तिक १५, २०७७ शनिबार 17

एघार दिन पछि प्रधानमन्त्रि र दाहाल बिच भेट

काठमाडौं, १५ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल बालुवाटार पुग्नुभएको छ ।

एघार दिन पछाडि शनिबार (आज) प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्नका लागि अध्यक्ष दाहाल बालुवाटार पुग्नुभएको हो । कात्तिक ४ गतेदेखि प्रधानमन्त्री ओली र दाहालबीच भेट हुन सकेको थिएन ।

अध्यक्ष दाहालले कर्णाली प्रदेश विवाद, मन्त्रिपरिषद पुनर्गठन, रअ प्रमुखसँगको भेट, पर्सा घटनालगायतका विषयमा असन्तुष्टि जनाउँदै आउनुभएको छ । शुक्रबार (हिजो) मात्रै अध्यक्ष दाहाललाई भेट्न परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली खुमलटार पुग्नुभएको थियो ।

त्यसअघि महाचिव बिष्णुप्रसाद पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल खुमलटार पुग्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले निरन्तर वार्तामा बस्न आग्रह गरेपछि अध्यक्ष दाहाल आज बालुवाटार पुग्नुभएको हो । बालुवाटार जानु अगाडि उहाँले नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गर्नुभएको थियो । न्युज 24