Friday, December 4सुदुर मिडिया द्वारा संचालित
Shadow

आईपिएलमा पञ्जाव माथि राजिस्थान राेयलकाे शानदार जित

बर्दिया कात्तिक १५ । यूएईमा जारी १३औं संस्करणको आईपीएल टी-ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले किङ्स इलाभेन पन्जाबलाई पराजित गरेको छ । आबुधाबीमा शुक्रबार राति भएको खेलमा राजस्थानले पन्जाबलाई ७ विकेटले पराजित गरेको हो ।

पन्जाबले दिएको १८५ रनको लक्ष्य राजस्थानले १७ ओभरमै भेटेको हो । विशाल लक्ष्यलाई राजस्थानले १७ ओभर ३ बल खर्चिदा ३ विकेट मात्र गुमाएको थियो ।​

राजस्थानका लागि बेन स्टोक्सले सर्वाधिक ५० रन बनाए । सन्जु सामसन ४८, रोबिन उथप्पाले ३० रन बनाउँदा कप्तान स्टिभ स्मिथ ३१ र जोस बट्लर २२ रनमा अविजित रहे । पहिलो ब्याटिङको निम्तो पाएको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १८५ रन बनाएको थियो । राजस्थान विजयी हुँदा पन्जाबका लागि क्रिस गेलले बनाएको ९९ रन खेर गयो ।

शतक बनाउन एक रनले चुकेका गेलले ६३ बलमा ८ छक्का र ६ चौका हानेका थिए । शतक नपुग्दै विकेट झरेपछि उनले मैदानमै ब्याट फालेका थिए। पञ्जाबका लागि कप्तान केएल राहुल ४६, निकोलस पुरन २२, ग्लेन म्याक्स्वेलले अविजित ६ रन बनाउँदा मन्दिप सिंह शून्य रनमा आउट भए । ​

राजस्थानका बेन स्टोक्स र जोफ्रा आर्चरले २र२ विकेट लिए ।विशाल लक्ष्य पछ्याएको राजस्थानले पन्जाबलाई हराएसँगै तालिकाको पाँचौं स्थानमा उक्लिएको छ। उसले १३ खेलमा १२ अंक जोडेको छ ।