Wednesday, November 25सुदुर मिडिया द्वारा संचालित
Shadow

बर्दियामा संक्रमितकाे संख्या हजार नजिक

मुरली गाेडिया / बर्दिया कार्तिक १५ । बर्दियामा कोरोना संक्रमितको संख्या १ हजार नजिक पुगेको छ । शुक्रबार १ जना संक्रमित थपिए संगै जिल्लामा कुल संक्रमितको संख्या ९ सय ९३ पुगेको जिल्ला प्रशासनल कार्यलय बर्दियाले जनाएको छ । बर्दियामा देखिएको कोरोना पोजेटिभ मध्ये ७ सय १९ जना पुरुष छन भने २ सय ७४ जना महिला संक्रमित भेटिएका हुन । बर्दिया जिल्लामा हाल सम्म १३ हजार ९ सय ६ जनाका पिसिआर विधि मार्फत परिक्षण गरिएको छ ।          जिल्ला प्रशासन कार्यलय बर्दियाले दिएको जानकारी अनुसार कोरोना संक्रमणकै कारण जिल्लामा ७ जनाका मृ’त्यु भइसकेको छ । बर्दियामा कोरोना संक्रमित मध्ये संस्थागत आइसोलेसनमा ३१ जना, होटल आइसोलेसनमा ४ जना र ४६ जना होम आइसोलेसनमा गरि ८१ जना संक्रमित आइसोलेसनमा रहेका छन । संक्रमित मध्ये ८ सय ७७ जनाले कोरोनालाई जिती घर फर्किसकेका छन । भने ३९ जना रिपोर्टको आउन बाँकी रहेको बर्दिया प्रशासनले जनाएको छ ।