Friday, December 4सुदुर मिडिया द्वारा संचालित
Shadow

माेदिले धाेका दिएकाे प्रधानमन्त्रिकाे आराेप

काठमाडौं- भारतीय खुफिया एजेन्सी रअ प्रमुख सामन्तकुमार गोयलसँगको भेटले ल्याएको आलोचना र विवादबारे प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकट नेताहरूसँग मुख खोलेका छन् । पार्टीमा विवादले चरम सीमा नाघेका बेला प्रधानमन्त्री ओलीले आगामी रणनीति बनाउन बोलाएका केहि नेताहरूलाई यसबारे बताएका थिए ।

प्रधानमन्त्री ओलीका विश्वासपात्रहरू राजधानी आएपछि बसेको रणनीतिक बैठकमा केहि नेताहरूले रअ प्रमुखसंगको भेटघाटले पार्टीको तल्लो तहसम्म आफूहरूलाई क्षती भएको भन्दै चासो देखाएका थिए । जवाफमा ओलीले आफूलाई भारतीय प्रधानमन्त्री मोदीले ढोका दिएको बताएका थिए ।

ओलीनिकट नेताहरूले प्रचण्डसँग पनि संवाद गरिरहेका छन् भने प्रधानमन्त्रीसँग पनि दिनहुँजसो छलफल गरिरहेका छन् । उनीहरूले प्रचण्डसँगको असन्तुष्टिको कारण पनि बुझिरहेका छन् । ओलीनिकट नेताहरूले भारतीय खुफिया एजेन्सी रअ प्रमुख सामन्तकुमार गोयलसँगको भेटलाई पनि निकै चासोका साथ् हेरेका छन् ।

यद्यपी प्रधानमन्त्री ओलीले रअ प्रमुख गोयलसँगको भेटबारे उनीहरूलाई गरेको ब्रिफिङमा नेताहरूले चित्त बुझाएका छैनन् । प्रधानमन्त्री ओलीले आफूहरूको प्रश्नमा बनावटी जवाफ दिएको ओलीनिकट एक नेताले आशंका गर्दै भने ।

एक नेताले भने, ‘भारतीय खुफिया एजेन्सी रअ प्रमुखसँगको भेटले तल्लो तहसम्म असर गरेको छ खासमा गोयल नै किन आए, भारतले राजनीतिक समाधान किन नखोजेको ? भनेर केहि साथीहरूले जिज्ञासा राख्नुभयो ।’ प्रधानमन्त्रीले आफूलाई मोदीले ढोका दिएको जवाफ फर्काउनु भयो’ उनले भने ।

प्रधानमन्त्री ओलीले उनीहरूलाई गरेको ब्रिफिङमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूसंग कुरा हुँदा दुत पठाउँछु भनेर बचन दिएको तर पठाउँदा भने रअ प्रमुख पठाएपछि आफूले नकार्न नसकेको बताएका थिए । तर उनको जवाफमा भने थुप्रै शंका गर्ने ठाउँ रहेको समेत ति नेताले बताए ।

उनीहरूसंगको ब्रिफिङमा प्रधानमन्त्री ओलीले सामन्तसंग खास के कुरा भयो भन्ने बिषयमा समेत नबताएको ति नेताले दाबी गरे । ‘टालटुले जवाफ दिनुभयो, उहाँसँग केरकार गर्ने हिम्मत त्यहाँ भएका कुनै नेताले गरेनन, कुरा यत्तिकै सकियो’ उनले भने ।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच त्यहाँको स्वतन्त्रता दिवसका दिन टेलिफोन संवाद भएको थियो । त्यही दिन मोदीले दूत पठाउने प्रस्ताव गरेको ओलीको ब्रिफिङ थियो । साभार हिमाल पाेष्ट