Friday, December 4सुदुर मिडिया द्वारा संचालित
Shadow

गाेलि हानेर भाजपाका तिन नेताकाे ह’त्या

काठमाडौं, १४ कार्तिक । दक्षिणी कस्मिरको कुलगाममा बिहीबार साँझ आतंककारीहरूले गोली हानेर भारतीय जनता पार्टी (भाजपा) का नेता फिदा हुसैनसहित ३ जनाको ह’त्या गरेका छन् । फिदा हुसेन कुलगम भाजपा युवा मोर्चाका महासचिव थिए । उनीसँगै मजदुर उमर रशीद बेग र उमर रमजान हजम पनि मारिएका छन् । एकजनाको घटनास्थलमै मृ’त्यु भएकाे र अन्य दुईजनाको अस्पताल लैजाँदै गर्दा बाटोमा मृ’त्यु भएकाे जनाइएकाे छ ।

भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार हुसैनविरुद्ध त्यसबेला ह’मला भयो, जतिबेला उनी कारमा कार्यकर्ताका साथ घरतर्फ जाँदै थिए । उनी काजिगुन्ड भन्ने ठाउँमा बस्थे । आतंकवादीहरू एक गाडीमा आएका थिए, फिदालाई कारमै गोली हानेर उनीहरू भागेकाे बताइएकाे छ । सरकारी सुरक्षाकर्मीले अहिले आ’क्रमणकारीको खोजी तीव्र पारिरहेको जनाएका छन् ।

द रजिस्टेन्स फ्रन्ट (टीआरएफ) नामक संगठनले आ’क्रमणको जिम्मेवारी लिएको छ । यो संगठन लक्सर ए तैयबाको सहयोगी भएको बताइएको छ। बान्दीपोरामा भाजपाकै नेता बसिम बारीको ह’त्या हुँदा पनि यही संगठनको नाम आएको थियो ।

चार महिनाअघि भाजपा नेता वसीम बारीको पनि बांदीपोरामा ह’त्या गरिएकाे थियाे । यस आक्रमणमा उनका बुबा र भाई पनि मारिएका थिए । वसीम बन्दीपोरा जिल्लाका भाजपा अध्यक्ष पनि थिए । न्युज 24