Friday, December 4सुदुर मिडिया द्वारा संचालित
Shadow

नेपाल अन्तराष्ट्रिय शक्तिहरूकाे प्रतिस्पर्धा स्थल बन्ने खतरा-कमल थापा

काठमाडौं, १४ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष एवं पूर्व-परराष्ट्रमन्त्री कमल थापाले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको बताउनुभएकाे छ ।

सामाजिक सन्जालमार्फत् उहाँले सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलको अकर्मण्यताका कारण नेपाल अन्तर्राष्ट्रिय केन्द्रको प्रतिस्पर्धास्थल बन्न लागेको बताउनुभएकाे हाे ।

‘भारत र चीनसँगको सम्वन्धमा रणनीतिक संतुलन, समदूरी र असंलग्नता नेपालको अस्तित्वको आधार ह,’ उहाँले भन्नुभएकाे छ, ‘तर, सत्तारुढ र प्रमुख प्रतिपक्षदलका अकर्मण्यता र गलत नीतिको परिणामस्वरूप अहिले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको छ । देशको स्वतन्त्रता/अस्तित्ववारे समयमै सचेत बनौं ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय खुफिया एजेन्सी ‘रअ’का प्रमुखलाई भेटेको विषय विवादित बनिरहेका बेला र अमेरिका तथा भारतबीच रणनीतिक सम्झाैताहरू भएकाे बेला थापाकाे यस्ताे अभिव्यक्ति अाएकाे हाे । साभार न्युज 24