Saturday, October 24सुदुर मिडिया द्वारा संचालित
Shadow

दाङ प्रहरी द्रारा ब्राउन सुगर सहित दुई जना युवक पक्राउ

दाङ असोज २३
मनोज डाँगी
गढवा गाउँपालिका-१ धानखोलास्थित सडकबाट ४ ग्राम ३ सय ८० मिलिग्राम अवैध लगूऔषध ब्राउनसुगरसहित २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका-१३ डुम्बरगाउँ बस्ने २१ वर्षीय गणेश रोका र सोही ठाउँ बस्ने २३ वर्षीय रमेश सुनार रहेका छन् ।
ईलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले रा.१ प ४०५७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकल चालक सुनार र मोटरसाइकल सवार रोकालाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । युबकहरु माथी थप अनुसन्धान भइरहेको प्रहरी बताएको छ ।