Monday, November 30सुदुर मिडिया द्वारा संचालित
Shadow

सुशान्त मृ’त्युको चार महिनापछि खुलेको नयाँ रहस्यले बलिउडमा हंगामा

भारतीय अभिनेता सुशान्त सिंह राजपुत मृ’त्यु प्रकरणमा नयाँ–नयाँ कुरा बाहिर आउने क्रम जारी नै छ ।

सुशान्तको मृ’त्युको चार महिनाभन्दा बढी समयपछि भारतका एक सांसदले सुशान्तले आ त्मह त्या गरेको नभई उनको ह त्या भएको दाबी गरेका छन् । भारतीय जनता पार्टी बाट सांसद नारायण राणेले भनेका छन् सुशान्तले आ त्मह त्या गरेका होइनन्, उनको ह त्या भएको हो । त्यस बखत सुशान्तका घरमा एक जना मन्त्री समेत थिए ।

भारतीय पत्रिका दैनिक भास्करका अनुसार सुशान्त मृ’त्यु प्रकरणमा महाराष्ट्र मन्त्रिमण्डलका एक जना मन्त्री जे ल जान सक्ने दाबी उनले गरेका छन् । उनले अगाडि भनेका छन् सँग प्रमाण छन् र जुन म सीबीआई  लाई मात्र दिन्छु ।

एक न्युज च्यानललाई अन्तर्वार्ता दिँदै सांसद राणेले घ’टना भएको रात केही मान्छे सुशान्तको घर पुगेको दाबी गरेका छन् । अभिनेता सुशान्त गत जुन १४ तारिख आफ्नै निवासमा पंखामा झुण्डिएको अवस्थामा मृ त फेला परेका थिए ।