सोमबार , मंग्सिर १३, २०७८

भारतिय नागरिकलाई नागरिकता दिन खाेज्ने वडा अध्यक्ष प’क्राउ

कार्तिक १४, २०७७ शुक्रबार 37

भारतिय नागरिकलाई नागरिकता दिन खाेज्ने वडा अध्यक्ष प’क्राउ

कैलाली, कार्तिक १४ । भारतीय नागरिकलाई बंशजका आधारमा नेपाली नागरिकता दिलाउन प्रशासनलाई सिफारिस गर्ने धनगढीका एक जना वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका नायव प्रहरी उपरीक्षक प्रतिक विष्टका अनुसार धनगढी उपमहानगरपालिका वडा नं १२ का वडाध्यक्ष गणेश प्रसाद जोशी पक्राउ परेका हुन् । साथै नागरिकता लिन खाेज्ने भारतीय नागरिक अलियास अन्सारी र सो कार्यमा सलग्न वडा नं १२ कै खुसीराम चौधरी र गीता चौधरीलाई पनि पक्राउ गरिएको छ ।
नाय प्रहरी उपरीक्षक विष्टले वडा नं १२ का पुनिराम चौधरीलाई नक्कली बुवा बनाएर नागरिकता लिन खोजेको कागजातका आधारमा वडाध्यक्ष र अन्यलाई पक्राउ गरिएको बताए ।

उक्त ऐनमा विदेशीले नेपाली नागरिक भएको झुठो दावी गरि नागरिकता प्राप्त गरेमा एक बर्षदेखि ५ वर्षसम्म कैद र ५० हजारदेखि एक लाखसम्म जरिवाना हुनसक्ने व्यवस्था रहेका छ । न्युज 24