Wednesday, November 25सुदुर मिडिया द्वारा संचालित
Shadow

नया दिल्लिकाे स्टेशनमा भेटिएकाे सुनमा नेपाल-भुटान र म्यानमार नेक्सन

एजेन्सी, १३ कात्तिक । भारतको नयाँदिल्लीको रेलवे स्टेसनमा भेटिएको ८३.६२१ केजी सुनको लिंक नेपाल, भुटान र म्यानमारसँग जोडिएको खुलेको छ।

भारतको नेसनल इन्भेस्टिगेसन एजेन्सी (एनआईए)ले गत अगस्टमा ६८ करोड ६२ लाख नेपाली रूपैयाँ मूल्य बराबरको उक्त सुन तस्करीमा नेपाल, भुटान र म्यानमार तीनवटै देशका नागरिकको सम्भावित सहभागिताको ‘क्लू’ भेटिएको निष्कर्ष आज निकालेको छ।

एनआईएले चार ठाउँको खोजतलासपछि सुन तस्करीमा भारतीयबाहेक नेपाल, भुटान र म्यानमारका नागरिकको पनि संलग्नता रहेको निष्कर्ष निकालेको जनाएको छ ।

एनआईएले आज जारी गरेको विज्ञप्ति अनुसार सन्दिग्ध लेनदेनको विवरणसहित गोप्य कागजात र उनीहरूले प्रयोग गरेका विद्युतीय उपकरणहरूको अनुसन्धान गर्दा उनीहरूको सम्बन्ध नेपाल र म्यानमारमासमेत देखिएको हो । न्युज 24