बाबुरामले भट्टराईले गरे नेपाल विश्वबाट हराउने बारे यस्तो ट्वीट
जनता समाजबादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले अहिले देशमा को आयो र गयो भनेर रोइलो चलिरहेको वेला मचाहिं हाम्रो देश विश्वरक्षेत्रीय सामरिक राडारबाटै हराउने हो कि भन्ने चिन्तामा पो छु भनेका छन्।
कोरोना संक्रमणका कारण पत्नी हिशिलासहित आईसोलेशनमा रहेका डा भट्टराईले हाम्रो आँगन जत्रो माल्दीभ्स र रूआण्डामा शक्तिराष्ट्रका नेता ओइरिने तर हामीकहॉ खै? प्रश्न गरेका छन्।
पुर्व प्रधानमन्त्रीसमेत रहेका उनले तपाईंको घरमा मुसो र भिखारी पनि आएन भने आफ्नो हैसियत बुझ्नूस्! जनतालाई सम्झाउनसमेत खोजेका छन्।
डा भट्टराईको ट्वीट अहिले देशमा को आयो र गयो भनेर रोइलो चलिरहेको वेला मचाहिं हाम्रो देश विश्वरक्षेत्रीय सामरिक राडारबाटै हराउने हो कि भन्ने चिन्तामा पो छु।
हाम्रो आँगन जत्रो माल्दीभ्स र रूआण्डामा शक्तिराष्ट्रका नेता ओइरिने तर हामीकहॉ खै? तपाईंको घरमा मुसो र भिखारी पनि आएन भने आफ्नो हैसियत बुझ्नूस्।’