Friday, November 27सुदुर मिडिया द्वारा संचालित
Shadow

नगरप्रमुख बाढि पिडितकाे बस्तिमा पुग्दा स्थानियले गरे स्वागत

गोपाल सिंह खड्का  रुकुम पश्चिम कार्तिक १३ ।रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका नगर प्रमुख गोर्ख बहादुर केसीले आठविसकोट नगरपालिका वडा नँ १३ हाम्पाका स्थानिय बाढी पिडीहरुसँग भेटघाट कार्यक्रम गर्नु भएको छ ।
वडा नम्वर १३ को दह लेकमा पुगेर उहाँले बाढी पिडीत स्थानिय सँग प्रत्यक्ष भेट गर्नु भएको नेपाल कम्युनिष्ट पार्टि नेकपाका वडा कमिटी सचिव टेक बहादुर थापाले जानकारी दिनु भयो ।
उहाँका अनुसार नगर प्रमुख केसीले पहिरोले घर भत्कीएका र पुरै जग्गा बगाइदिएका पिडीहरुलाई भेटेर राहत उपलब्ध गराउने प्रक्रिया थाल्ने बताउनु भएको छ ।
हम्पाका स्थानिय नागरिकहरु आशा राम कुसारी , रते खत्री , नैने कामी , चामे खत्री , पञ्चे बुढाथोकी ,कलिभान विक दत्ते बुढाथोकी , प्रविर बुढाथोकी लगाएतका स्थानिय सँग भेट गरी , पिडीहरुले घर बनाउन भुगोल छनोट गरेपछी घर बनाउनका लागी उनीहरुलाई विशेष सहयोग गर्ने नगर प्रमुख केसीले प्रतिवद्धता जनाउनु भएको सचिव थापाले जानकारी दिनु भयो ।
गएको वर्ष वर्षादको समयमा उक्त ठाँउमा पहिरो जाँदा ११ घरपरिवार विस्थापित भएका छन । भने ३ दर्जन भन्दा बढी घरपरिवार पहिरोको उच्च जोखिममा परेका छन ।
साथै नगर प्रमुख केसीले लेकाली क्षत्र १३ नम्वर वडाका बस्तीहरु मैराजे , रातामाटा , दह , जरजने , काफलधारा लगाएतका लेकाली वस्तीहरुमा पानि ल्याउन विशेष अध्यण गरेर योजना वनाउन सकिने बताउनु भएको छ ।