Friday, December 4सुदुर मिडिया द्वारा संचालित
Shadow

भिटेनलाई प’क्राउ गर्न प्रहरि प्रधान कार्यालयकाे साईबर ब्युराेलाई पत्र

काठमाडौं,कात्तिक १३। र्‍यापर समिर घिसिङ (भिटेन)लाई पक्राउ गर्न साइबर ब्यूरो लागि परेको छ । पाँच दिन अघि युट्युबमा अपलोड भएको भिटेनको ‘पारा’ टाइटलको नयाँ गीतमा अपशब्द प्रयोग भएकभन्दै उनलाई पक्राउ गर्न साइबर ब्युरोले आदेशपाएको छ ।

प्रहरी प्रधान कार्यालयले गायक देखि भिडियो निर्मातासम्मलाई अनुशन्धानका लागि पक्राउ गर्न साइबर ब्युरोलाई पत्र पठाएपछि उनीहरु सबैको खोजी भइरहेको छ । नयाँ गीत पारामा सुरुदेखि अन्त्यसम्म प्रहरीसहित महिलासम्मलाई गाली-गलौज र अस्लिल शब्द प्रयोग गरिएको गुनासो आएको प्रहरीको भनाइ छ ।

यसअघि पनि ‘हामी यस्तै त हो नि ब्रो’ बोलको गीतकाे भिडियोका कारण भिटेन विवादित बनेका थिए । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरि अनुसन्धान गरेर छाडेकाे थियाे । साे क्रममा उनले आगामी यस्तो गल्ती नगर्ने प्रतिबद्धता जनापछि प्रहरीले छाडेकाे थियाे ।

यो पटकको नयाँ -याप गीतकाे भिडियो ५ दिनमै १० लाखभन्दा बढी हेरिएको थियो । तर भिटेन  म्युजिक नामक युट्युवबाट अपलोड भएको गीत अहिले हटाइएको छ । स्राेत न्युज 24