Wednesday, November 25सुदुर मिडिया द्वारा संचालित
Shadow

बिप्पलव समुहका पुर्वि क’माण्डर सहित दुई प’क्राउ

विराटनगर, कार्तिक १३ । मोरङको मिक्लाजुङ गाँउपालिकाबाट नेकपा विप्लव समुहका पुर्वी कमाण्ड सहित २ जनालाई मोरङ प्रहरीले प’क्राउ गरेको छ ।

विशेष सुचनाका आधारमा मिक्लाजुङ वडा नं. १ घुर्मिसे स्थित खालि घरमा बसेको थाहापाएर मोरङ प्रहरी प्रमुख एसपि सन्तोष खडकाको कमाण्डमा खटिएको टोलीले इलाम चुलाचुलि ६ का कमरेड सनम भन्ने विज्ञान राई र सप्तरी जिल्लाका सुरुङगा नगरपालिका २ का काशिनाथ घिमिरेलाई प’क्राउ गरेको प्रमुख एसपि खड्काले जानकारी दिनु भयो ।
१२ गते बेलुका ७ बजे छा’पा र्मादा नेकपा विप्लब समुहको पुर्वी कमाण्ड मेची कोशी व्यूरो चौथो कम्पनीका कम्पनि कमिशनर काशीनाथ घिमिरे र पुर्व सप्तरी जिल्ला सेक्रेटरी पाटीका साधारण सदस्य विज्ञान राई प’क्राउ गरी खानतलासी गर्दा उनिहरुको साथबाट हा’तहति’यार खरखजाना , बि’ष्फो’टक पदार्थ,विप्लव समुहको दस्तावेज र वन्दोवस्तीका सामानहरु समेत फेला पारेको एसपि खड्काल् जानकराी दिनु भएको छ ।

उनीहरुले मिक्लाजुङका स्थानीयहरुसंग च’न्दा असुली गर्ने गरेको पाइएको छ । प’क्राउ पर्नेहरु माथि हात’हति’यार, खर’खजाना तथा वि’ष्पो’टकपदार्थ सम्बन्धी कसुरमा मु’द्धा दायर गरि अनुसन्धान कार’वाही गरिने मोरङ प्रहरीले जनाएको छ ।